सम्पत्ति शुद्धीकरणमा तानिएपछि भारतीय कांग्रेस प्रमुख सोनिया गान्धीलाई कोरोना ! | Khabarhub Khabarhub

सम्पत्ति शुद्धीकरणमा तानिएपछि भारतीय कांग्रेस प्रमुख सोनिया गान्धीलाई कोरोना !


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । पार्टीका प्रमुख प्रवक्ता रणदीप सुर्जेवलाले गान्धीलाई कोरोना भाइरसको संक्रमण पुष्टि गर्दै उनी अहिले चिकित्सकको सल्लाहमा आइसोलेसनमा रहेको जानकारी दिएका छन् ।

सर्जेवलालाई उद्धृत गर्दै भारतबाट प्रकाशित हुने इण्डियन एक्सप्रेसको अनलाइन संस्करणले जनाएअनुसार गान्धीलाई सामान्य ज्वरोको लक्षण देखिएको छ । ७५ वर्षे गान्धीले पछिल्ला केही सातामा विभिन्न राजनीतिक दलका नेताहरु तथा अभियानकर्मीहरुसँग भेटवार्ता गरेको जनाइएको छ ।

उनलाई कोरोना भाइरसको संक्रमण देखिनु एक दिनअघि अर्थात् बुधबार भारतको ‘इनफोर्समेन्ट डाइरेक्टोरेट’ (ईडी) ले सम्पत्ति शुद्धीकरणको विषयमा जुन ८ मा ईडीको कार्यालयमा हाजिर हुन निर्देशन दिएको थियो ।

गान्धीलाई कोरोना भाइरसको संक्रमण भएपनि उनी कार्यालयमा हाजिर हुन जाने प्रवक्ता सुर्जेवलाले जनाएका छन् ।

ईडीले कांग्रेसका प्रभावशाली नेता राहुल गान्धीलाई पनि जुन २ अर्थात् बिहीबार नै कार्यालयमा हाजिर हुन निर्देशन दिएको थियो । यद्यपि उनी विदेशमा रहेकाले हाजिर हुन नसकेको जनाइएको छ ।

कांग्रेस पार्टीका केही नेताहरुले भने सरकारले राज्यका संयन्त्रहरुलाई विपक्षी दबाउन प्रयोग गरिरहेको समेत आरोप लगाएको जनाइएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ४ : ३० बजे

खैरो हिरोइनसहित भद्रपुरबाट दुई जना पक्राउ

भद्रपुर– झापाको भद्रपुर भन्सार चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जना

 निर्वाचन प्रणाली बदल्नुपर्छ : सांसद शाही

काठमाडौं– सांसदहरूले निर्वाचन प्रणाली बदलेर नयाँस्वरूपमा जानुपर्नेमा जोड दिएका छन्

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

राजविराज– हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज

नेपालमा चौथो पटक एमपक्स पुष्टि

काठमाडौं– नेपालमा चौथो पटक एमपक्स (मङ्कीपक्स)  पुष्टि भएको छ ।

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड बढी

चितवन– भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच