फिनालेसम्म बालेननै निर्णायक बन्ने « Khabarhub

फिनालेसम्म बालेननै निर्णायक बन्ने


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको मेयरमा निर्वाचित भएता पनि बालेन शाहले आफ्नो शो लाई निरन्तरता दिने भएका छन् । केही समय उनले र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’ को निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । यद्यपि उनले पुर्व घोषित योजना अनुसार नै शो को फाइनलसम्म निर्णायककै रुपमा प्रस्तुत हुने जनाएको शोका निर्देशक निकेश खड्काले बताए । 

‘बालेनजीले फिनालेसम्म नै हुन्छु भन्नु भएको छ । यद्यपि अब उनको धेरै समय लाग्ने छैन । शो अब तीन हप्तामै फिनालेमा पुग्नेछ’ निकेशले भने । मेयर बालेन साह कार्यालयको काममा निकै व्यस्त छन् । आफ्नो कामको चटारोबाट केही घण्टा फुर्सद निकालेर उनी  ‘नेपहपको श्रीपेच’ को जजको भूमिका निर्वाह गर्न सुटिङ सेटमा पुग्ने गरेका छन् । 

अन्य दुई जुरीमा र्‍यापरद्वय मानस घले र गिरीश खतिवडा पनि छन् । ग्रान्ड फिनाले चाहिँ असार १४ गते हुने जनाइएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ४ : ५५ बजे

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको