नेपाली प्रशिक्षकद्वारा बनारसमा योग शिविर सम्पन्न « Khabarhub

नेपाली प्रशिक्षकद्वारा बनारसमा योग शिविर सम्पन्न


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको बनारसमा सात दिने योग शिविर सम्पन्न भएको छ । नेपाल योग एकेडेमी तथा शिव तत्व योग स्कुलकी प्रशिक्षक डा. निवेदिता प्रधानको नेतृत्वमा बनारसमा योग शिविर आयोजना गरिएको हो ।

प्रशिक्षणमा डा. प्रधानसहित नेपालकै ओसिका श्रेष्ठ र स्पेनी प्रशिक्षक योआन योभरको पनि सहभागिता थियो । भारत र नेपालबीचको सम्बन्ध सुमधुर बनाउने प्रयासस्वरुप आयोजना गरिएको योग शिविर २३ मे मा सुरु भई २९ मेमा सम्पन्न भएको हो ।

उनले बनारसमा दुई सय भन्दा धेरै बालबालिकालाई योग सिकाएकी हुन् ।

प्रशिक्षण कार्यक्रममा भारतका तर्फबाट बनारस र नेपालका तर्फबाट पशुपतिनाथको कोसेली साटासाट समेत गरिएको शिविरको आयोजक आरएस वर्ल्ड स्कुलले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा उनले नेपाल भवान गौतम बुद्ध र सीताको जन्मभूमि रहेको उल्लेख गर्दै नेपाल बाबा गोरखनाथजस्ता योगी, ऋषि, महर्षिको तपोभूमि समेत रहेको उल्लेख गरेकी थिइन् ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ५ : १५ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५