आकाशका जुन तारा झार्ने गरी बजेट ल्याइएको छ : खगराज अधिकारी | Khabarhub Khabarhub

आकाशका जुन तारा झार्ने गरी बजेट ल्याइएको छ : खगराज अधिकारी


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एमाले सांसद खगराज अधिकारीले आकाशका जुन तारा झार्ने गरी बजेट आएको आरोप लगाउँदै पूरा हुन नसक्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/८० को आयव्ययमाथि सामान्य छलफलमा भाग लिँदै यस्तो भनेका हुन् । २० प्रतिशत अपार्टमेन्ट विदेशी नागरिकलाई दिने भनिए पनि अमूक कुन व्यापारीलाई दिन खोजिएको हो ? स्पष्ट नभएको बताउँदै उनले यो देखावटीका लागि गरिएको दाबी गरे ।

‘यो जनता विरोधी सरकार हो । न्यून वेतन कर्मचारीको तलब बढेको छैन । केही कर्मचारीको मात्र १५ प्रतिशत बढेको छ । अनि यो सरकार कसरी समाजवादी हुन्छ,’ अधिकारीले भने । बजेटमाथि समान्य छलफल हुँदा पनि अर्थमन्त्री सदनमा उपस्थित नहुनुले व्यवस्थालाई नै गिज्याएको उनको भनाइ छ ।

उनले अहिले सेयर बजार राताम्मे भएको बताए । समाजवादी उन्मुख सरकारमा किन सेयर बजार घट्यो । स्यानिटरी प्याडको कच्चा पदार्थ आयातमा ९० प्रतिशत छुट दिने भनिएको आफू निकट व्यापारीलाई पोस्न ल्याइएको उनले बताए । शिक्षा र स्वास्थ्यमा बजेट घटाइएको भन्दै उनले आपत्ति जनाए ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ५ : २५ बजे

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री

महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न