आकाशका जुन तारा झार्ने गरी बजेट ल्याइएको छ : खगराज अधिकारी « Khabarhub

आकाशका जुन तारा झार्ने गरी बजेट ल्याइएको छ : खगराज अधिकारी


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एमाले सांसद खगराज अधिकारीले आकाशका जुन तारा झार्ने गरी बजेट आएको आरोप लगाउँदै पूरा हुन नसक्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/८० को आयव्ययमाथि सामान्य छलफलमा भाग लिँदै यस्तो भनेका हुन् । २० प्रतिशत अपार्टमेन्ट विदेशी नागरिकलाई दिने भनिए पनि अमूक कुन व्यापारीलाई दिन खोजिएको हो ? स्पष्ट नभएको बताउँदै उनले यो देखावटीका लागि गरिएको दाबी गरे ।

‘यो जनता विरोधी सरकार हो । न्यून वेतन कर्मचारीको तलब बढेको छैन । केही कर्मचारीको मात्र १५ प्रतिशत बढेको छ । अनि यो सरकार कसरी समाजवादी हुन्छ,’ अधिकारीले भने । बजेटमाथि समान्य छलफल हुँदा पनि अर्थमन्त्री सदनमा उपस्थित नहुनुले व्यवस्थालाई नै गिज्याएको उनको भनाइ छ ।

उनले अहिले सेयर बजार राताम्मे भएको बताए । समाजवादी उन्मुख सरकारमा किन सेयर बजार घट्यो । स्यानिटरी प्याडको कच्चा पदार्थ आयातमा ९० प्रतिशत छुट दिने भनिएको आफू निकट व्यापारीलाई पोस्न ल्याइएको उनले बताए । शिक्षा र स्वास्थ्यमा बजेट घटाइएको भन्दै उनले आपत्ति जनाए ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ५ : २५ बजे

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको