अछाममा जिससका लागि एमालेबाट भण्डारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता « Khabarhub

अछाममा जिससका लागि एमालेबाट भण्डारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा जिल्ला समन्वय समितिका लागि एमालेबाट प्यानलसहित उम्मेदवारी दर्ता भएको छ । जेठ २१ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनको लागि एमालेले दुर्गाप्रसाद भण्डारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको एमाले अछामका अध्यक्ष चन्द्र बोहराले बताए । मंगलसेन नगरपालिका वडा नम्बर ६ बाट वडा सदस्यमा निर्वाचित भण्डारीलाई पार्टीले सिफारिस गरेपछि समन्वय प्रमुखमा उम्मेदवारी दर्ता गरिएको हो । दुई पालिका प्रमुख र ४ पालिका उपप्रमुख जितेको एमालेले गठबन्धनविरुद्ध प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । 

नेकपा एमालेका तर्फबाट समन्वय समिति उपप्रमुखमा पुतली रावलको उम्मेदवारी दर्ता भएको छ । यसैगरी सदस्यमा भूपेन्द्र महता, भानसिंह साउद, बज्जीर थापा, सुरत कामी, जमुना बिक, झुप्री कुमारी केसी र निर्मला भुलले उम्मेदवारी दर्ता गरेको एमाले जिल्ला सचिव भीमबहादुर रावलले जानकारी दिए ।  कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट नेपाली कांग्रेसले प्रमुख, उपप्रमुखसहित ७ सदस्य तथा माओवादी केन्द्र र एकीकृत समाजवादीले एक/एक सदस्य पाएका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ५ : ४२ बजे

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको