चरासँग नाम मिलेपछि टर्कीले गर्यो ‘रिब्राण्डिङ’ – राष्ट्रसंघले आइन्दा ‘तुर्किए’ भनी पुकार्ने « Khabarhub

चरासँग नाम मिलेपछि टर्कीले गर्यो ‘रिब्राण्डिङ’ – राष्ट्रसंघले आइन्दा ‘तुर्किए’ भनी पुकार्ने


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टर्कीलाई अब संयुक्त राष्ट्रसंघमा ‘तुर्किए’ भनी सम्बोधन गरिने भएको छ । टर्कीको विदेश मन्त्रालयले गरेको आग्रह अनुसार राष्ट्रसंघले टर्कीको नाम परिवर्तन गर्न लागेको बीबीसीले जनाएको छ ।

यसअघि टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले एक अभियानको सुरुवात गर्दै मुलुकको नाम परिवर्तन गरी ‘तुर्किए’ राख्न विभिन्न अन्तर्राष्ट्रिय निकायहरुलाई आग्रह गरेका थिए ।

टर्कीको औपचारिक आग्रहमा नयाँ नाम प्रचलनमा ल्याइन लागेको संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

‘तुर्किए नामले टर्किस जनताको संस्कृति, सभ्यता र मान्यताको प्रतिनिधित्व गर्छ ।’ एर्दोगानले गत डिसेम्बर महिनामा भनेका थिए ।

यसै साता टर्कीले आफ्नो नाम परिवर्तनका लागि संयुक्त राष्ट्रसंघसँग आग्रह गरेको जनाइएको छ ।

अधिकांश टर्किस नागरिकले आफ्नो मुलुकलाई ‘तुर्किए’ नै पुकार्दै आएको बताइएको छ । तर, यो मुलुकको नाम अंग्रेजीकरण हुँदा टर्की हुन जाने बीबीसीले जनाएको छ ।

केही समयअघि बाट नै टर्कीका सरकारी प्रसारक तथा सञ्चारमाध्यमहरुले आफ्नो मुलुकहलाई ‘तुर्किए’ भनी पुकार्न थालेका थिए ।

पश्चिमा मुलुकहरुमा क्रिसमस, नयाँ वर्ष, थ्यांकगिभिङ जस्ता पर्वहरुमा काटेर खाइने ‘टर्की’ चरासँग नाम मिलेपछि टर्कीले आफ्नो रिब्राण्डिङ गरेको जनाइएको छ ।

यसबाहेक क्याम्ब्रिजको शब्दकोषमा पनि ‘टर्की’ शब्दको अर्थ ‘केही नराम्रोसँग असफल भएको’ वा ‘मूर्ख मानिस’ उल्लेख छ ।

मुलुकहरुले आफ्नो नाम परिवर्तन गर्नु नौलो नभएको बीबीसीले जनाएको छ । यसअघि सन् २०२० मा नेदरल्याण्ड्सले आफ्नो रिब्राण्डिङ गर्दै ‘हल्याण्ड’ शब्दलाई हटाएको थियो ।

त्यसअघि मेसेडोनियाले पनि छिमेकी मुलुक ग्रिससँग तनाव उत्पन्न भएपछि आफ्नो नाम परिवर्तन गरेर ‘उत्तर मेसेडोनिया’ राखेको थियो । त्यसअघि दक्षिण अफ्रिकी मुलुक ‘स्वाजिल्याण्ड’ ले पनि आफ्नो नाम परिवर्तन गरेर ‘इस्वातिनी’ राखेको थियो ।

त्यसअघि पनि ऐतिहासिक रुपमा इरानलाई फरस (पर्सिया), थाइल्याण्डलाई सायाम र जिम्बाब्वेलाई रोडेशिया पुकारिँदै आइएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ७ : ३५ बजे

निर्वाचनको तयारी अन्तिम चरणमा

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण

राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्छौँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिभित्रको विकृति सफा गरेर

मतदातालाई राजेन्द्र लिङ्देनले भने– ८ वर्षअघिको अवस्था सम्झिनुस्, केही भएको छैन नभन्नुस् 

झापा– राप्रपा अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा

निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ : पर्यवेक्षक संस्थाहरू

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण तयारी

पञ्चकन्या माविमा हस्तकला प्रतियोगिता

टक्सार– स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँ