मकवानपुर गोल्डकप : चर्च ब्वाइज क्वार्टरफाइनलमा « Khabarhub

मकवानपुर गोल्डकप : चर्च ब्वाइज क्वार्टरफाइनलमा


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– हेटौंडामा सञ्चालन भइरहेको चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वार्टरफाइनलमा स्थान बनाएको हो । चर्च ब्वाइजका आशिष चौधरीले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ५७ औं मिनेटमा हेमन्त थापा मगरले अग्रता दोब्बर बनाए । ७७ औं मिनेटमा चौधरीले नै टिमको लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका आशिष चौधरी घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा शनिबार नेपाल एपीएफ क्लब र फ्रेण्ड्स क्लबको बीचमा खेल हुनेछ । यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ११ : ४२ बजे

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी