कोपा अमेरिका फुटबलमा ब्राजिलको विजयी सुरुवात « Khabarhub

कोपा अमेरिका फुटबलमा ब्राजिलको विजयी सुरुवात


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-फुटबलको शक्ति राष्ट्र ब्राजिलले ४६औं संस्करणको कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । आफ्नै देशमा भएको खेलमा ब्राजिलले बोलिभियालाई ३-० ले पराजित गर्‍यो ।

नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा स्टार फरवार्ड नेइमारबिनै ब्राजिलले जीत दर्ता गराएको हो । यो खेलमा स्टार मिडफिल्डर फिलिपे कोउटिन्हो नायक बने । उनले टिमलाई जिताउन पहिलो खेलमै व्यक्तिगत २ गोल गरेर आफ्नो प्रभाव देखाए ।

निकै प्रतिस्पर्धात्मक देखिएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा ब्राजिलले बोलिभियाको रक्षापंक्ति तोड्न सफल भयो । जहाँ उसका लागि खेलको ५०औं मिनेटमा कोउटिन्होले पेनाल्टीमार्फत् गोल गर्दै प्रतियोगिताकै पहिलो तथा टिमका लागि पनि पहिलो गोल गरे ।

बक्सभित्र ब्राजिलका खेलाडीले हानेको बल सोझै बोलिभियाका खेलाडीको हातमा लागेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टीको मौका दिएका थिए । जसमा कोउटिन्होले कुनै गल्ती नगरी बललाई जाली चुमाए ।

पहिलो गोल गरेको ३ मिनेटपछि नै कोउटिन्होले अर्को गोल गरे । बक्सभित्र मैदानको माथिल्लो भागबाट रोवर्ट फर्मिन्होले दिएको आकर्षक पासमा कोउटिन्होले सजिलै हेडिङमार्फत् गोल गरेर टिमलाई २–० को सहज अग्रता दिलाए ।

त्यसपछि खेलको ८१औं मिनेटमा डेभिड नेरेशको स्थानमा मैदान छिरेका खेलाडी एभर्टन सोआरेजले बक्सबाहिरबाट बोलिभियाका ३ जना डिफेन्डरलाई छलाउँदै दर्शनीय गोल गरेपछि खेल ब्राजिलले ३–० ले जित्यो ।

यससँगै समूह ‘ए’मा रहेको ब्राजिलले पहिलो खेलमा स्पष्ट जित निकालेर खातामा ३ अंक जोड्न सफल भएको छ । ऊ अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित बोलिभया सबैभन्दा पुछारमा छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ८ : २५ बजे

अर्को आक्रमणको तयारीमा ट्रम्प, भने- इरानी नेतृत्व बेइमान छ, बारम्बार कुरा बदल्छ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्वलाई बेइमान भनेका छन्

यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि आज मतदान

पोखरा– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष पदका लागि आज

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा