बच्चालाई राम्रो बनाउन सिकाउनुपर्ने १० बानी | Khabarhub Khabarhub

बच्चालाई राम्रो बनाउन सिकाउनुपर्ने १० बानी


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भनिन्छ नि नानीदेखि लागेको बानी छुट्न गाह्रो छ । त्यसैले नानीदेखिनै राम्रो बानीको विकास गर्न सके त्यो बच्चा जीवनमा सफल हुन्छ । हुन पनि बालबालिका काँचो माटो हुन् । काँचो माटोलाई परिमार्जन गर्दै कुमालेले विभिन्न आकृतिका भाँडाकुँडा बनाएजस्तै बालबालिकालाई पनि विभिन्न ज्ञान र सीप सकाउन सकिन्छ ।

त्यसैलै पनि उनीहरुलाई सानैदेखि राम्रा कुरा सिकाउन जरुरी छ । बच्चालाई राम्रो बानी सिकाउने जिम्मेवारी आमाबुबा र अभिभावकको हो । कतिपय कुराहरु बच्चा आफैले भोगेर सिक्छन् । कतिपय कुराहरु आमाबुवाले नै सिकाउनुपर्ने हुन्छ । कतिपय पढेर र धेरै कुरा ठूलो भएपछि आफै सिक्छन् ।

तर उनीहरुको सफलताका लागि अभिभावकले ध्यान दिएर सिकाउनुपर्ने कुरा यस्ता छन् :

धैर्य हुन सिकाउनुहोस्
धैर्यता मानिसको साथी हो । धैर्यताले धेरै सफल बनाउन सकिन्छ । आजकलको बच्चामा धैर्यताको कमि देखिन्छ । उनीहरुलाई हरेक कुरा चाँडो र हातमै चाहिन्छ । बच्चालाई धैर्य गर्न सिकाउनुहोस । उनीहरुलाई धैर्य र मेहनतले नै सबै काम बन्छ भनेर सिकाउनुहोस । यसो भए सफलताका लागि धैर्यता गर्न सिक्छन् र पाउँछन् ।

सही र गलतको थाहा पाउने बनाउनुहोस
बच्चालाई सही र गलतको फरक छुट्याउन सिकाउन आवश्यक छ । सही र गलत थाहा भएपछि मात्र उनीहरुमा निर्णय लिने क्षमता राख्छन् । बच्चाले सही र गलतबीच फरक छुट्याउन सक्ने हुन्छन् । उनीहरुले कहिले गलतको पनि साथ दिँदैनन् । सहीको नै साथ दिन्छ ।

आदरका साथ बोल्न सिकाउनुहोस्
सबैभन्दा पहिला बच्चालाई आफुभन्दा ठूलाको आदर गर्न सिकाउनुहोस् । उनीहरुलाई ठूलो मानिसहरुसँग बोल्दा कसरी शिष्टाचारमा रहेर कुरा गर्नुपर्छ भनेर सिकाउनुपर्छ त्यसको साथै सम्मान गर्न पनि सिकाउनुपर्छ ।

सहयोगी बन्न सिकाउनुहोस्
यदि कोही समस्यामा छ वा कसलाई तपाईको आवश्यक भएको हुन सक्छ । बच्चालाई यस्तो कुरा सिकाउनुहोस । जसले गर्दा उनीहरुमा अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना आउँछ । उनीहरुको भावनालाई प्रेरित गर्नुहोस । सिर्फ चिनेकाहरुको मात्र होइन, आवश्यक परेको मानिस सबैलाई सहयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनुहोस् ।

सेयरिङ गर्न सिकाउनुहोस
बच्चामा शुरुबाट नै सबैकुरा अरुसँग बाड्ने बानी गर्नुपर्छ भनेर सिकाउनुपर्छ । यसबाट सम्बन्ध बलियो हुन्छ । यसले गर्दा बच्चाले अरुको भावना र आवश्यकताको पनि ख्याल राख्न सिक्छ । बच्चालाई कुनै पनि वस्तु वा सविधा सिर्फ उनको लागि मात्र होइन भनेर सिकाउनुपर्छ ।

समयको कदर गर्न सिकाउनुहोस
आफ्नो बच्चालाई समयको कदर गर्न सिकाउनुहोस । जीवनमा अगाडि बढ्नको लागि समयको कदर गर्नु एकदमै जरुरी हुन्छ । आफ्नो काम प्रति निष्ठावान बनाउनुहोस । बच्चालाई काम प्रति जहिले पनि इमान्दार बन्न सिकाउनुहोस् । बच्चालाई हरेक काम परर्फेक्ट गर्न सिकाउनुहोस् । बच्चालाई लापरवाहीसँग काम गर्ने बानीबाट बचाउनुहोस ।

धन्यवाद दिन र माफी माग्न सिकाउनुहोस
कुनै काममा धन्यवाद र माफी माग्ने कान गर्न सिकाउन जरुरी छ । यसबाट बच्चाहरुमा अरु प्रति सम्मानको भावना विकसित हुन्छ ।

आज्ञाकारी बन्न सिकाउनुहोस
बच्चालाई जहिले पनि ठूलाले भनेको कुरा मान्नुपर्छ भनेर सिकाउनुपर्छ । उनीहरुलाई आज्ञाकारी बन्नुपर्छ भन्ने थाहा हुनुपर्छ । उनीहरुको दिमागमा एउटा छाप बनाइदिनुहोस कि ठूलोले केहि कुरा भनेको तिम्रो हक र हितकै लागि हो ।

प्रार्थना गर्न सिकाउनुहोस
बच्चाहरुलाई हरेक दिन प्राथना गर्ने बानी बसाल्न सिकाउनुहोस् । यसबाट बच्चामा आत्मविश्वास बढ्छ । प्रार्थना गर्दा बच्चामा सकारात्मक विचार र एकाग्रतामा सुधार आउँछ ।

इमान्दार बन्न सिकाउनुहोस
बच्चाहरुलाई इमान्दार बन्न सिकाउनुहोस। इमान्दार बन्दा के हुन्छ भनेर सिकाउनुहोस । यदि तपाईको बच्चा इमान्दार भयो भने उसले कहिले पनि झुट बोल्दैन् र गलत काम पनि कहिले गर्नेछैन् ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ८ : ४० बजे

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि