उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार « Khabarhub

उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ – उत्तर कोरियाले पूर्वी तटमा एउटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ ।

वासिंगटन र सीउलले संयुक्त सैन्य अभ्यास गरेको केही दिनपछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । चार वर्षपछि पहिलो पटक अमेरिकी विमान प्रयोग गरेर अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गरेका थिए ।

आर्थिक प्रतिबन्धबीच प्योङयाङले आफ्नो आणविक कार्यक्रमको स्तरउन्नती गरेको छ । उत्तरले हतियार परीक्षण गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ । ‘उत्तर कोरियाले पूर्वी तटमा अपरिचित व्यालिस्टिक मिसाइल प्रहार गरेको छ’सीउलका जोइन्ट चिफ अफ स्टाफले आइतबार भने ।

उत्तर कोरियाबाट व्यालिस्टिक मिसाइल प्रहार गरेको हुनसक्ने रक्षा मन्त्रालयलाई उदृत गर्दै जापानको तटीय गार्डले जनाएको छ । उत्तर कोरियाका आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ ।

तर, प्रतिबन्धबीच उत्तरले आफ्ना आणविक गतिविधिलाई तीब्र पार्दै आएको छ । आणविक गतिविधि रोक्न आफूमाथि लाग्दै आएको प्रतिबन्ध रोक्नुपर्ने प्योङयाङले माग गर्दै आएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  १० : १० बजे

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक