करेन्ट लागेर एक पुरुषको मृत्यु « Khabarhub

 करेन्ट लागेर एक पुरुषको मृत्यु


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरमा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका ४ बसाहाका ४७ वर्षीय धनकुमार राईको आफू सुत्ने कोठाकै विद्युतीय तारबाट करेन्ट लागेर मृत्यु भएको हो । 

शनिबार राति ९ बजे खाना खाएर सुत्ने बेला ढोका लगाउने क्रममा तार छुन पुगेपछि करेन्ट लागेर गम्भीर घाइते भएका थिए । तत्काल उद्धार गरी चौदण्डीगढी नगर अस्पताल बेल्टार ल्याइएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जनाएको छ ।

उनको शव बेल्टार अस्पतालमा पोस्टमार्टमको तयारी भइरहेको छ ।  

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  २ : २७ बजे

राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो

म्याग्दी – म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी

फिफा विश्वकप : पहिलो जितको खोजीमा रहेका स्पेन र साउदी भिड्दै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

लागुऔषध मुद्दाका फरार व्यक्ति शङ्खपार्कबाट पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार एक जनालाई पक्राउ

रास्वपाकै मञ्चबाट रवि बालेनमाथि प्रतिपक्षीको प्रश्नैप्रश्न

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भरतपुरमा स्थापनाको

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

रौतहट – सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका–३