करेन्ट लागेर एक पुरुषको मृत्यु « Khabarhub

 करेन्ट लागेर एक पुरुषको मृत्यु


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरमा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका ४ बसाहाका ४७ वर्षीय धनकुमार राईको आफू सुत्ने कोठाकै विद्युतीय तारबाट करेन्ट लागेर मृत्यु भएको हो । 

शनिबार राति ९ बजे खाना खाएर सुत्ने बेला ढोका लगाउने क्रममा तार छुन पुगेपछि करेन्ट लागेर गम्भीर घाइते भएका थिए । तत्काल उद्धार गरी चौदण्डीगढी नगर अस्पताल बेल्टार ल्याइएकोमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जनाएको छ ।

उनको शव बेल्टार अस्पतालमा पोस्टमार्टमको तयारी भइरहेको छ ।  

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  २ : २७ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै