अर्थ समाचार : बाढीले रोकिएको करदाता पुरस्कार फेरि बाँड्न थालियो, चालु आवको दुई महिनामासरकारको आम्दानीभन्दा खर्च नौ अर्बले बढी, ग्यास अभावपछि चिनी महँगियो र नौ लाख घुससहित समातिए नापीका हाकिम « Khabarhub

अर्थ समाचार : बाढीले रोकिएको करदाता पुरस्कार फेरि बाँड्न थालियो, चालु आवको दुई महिनामासरकारको आम्दानीभन्दा खर्च नौ अर्बले बढी, ग्यास अभावपछि चिनी महँगियो र नौ लाख घुससहित समातिए नापीका हाकिम


१ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब बजेट खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ बराबर छ । जुन वार्षिक लक्ष्यको नौ दशमलव ४१ प्रतिशत हुन आउँछ ।

कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा हालसम्म नौ दशमलव छ प्रतिशत बजेट खर्च गरेको छ । यो शीर्षकमा चालु आर्थिक वर्षका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा एक खर्ब २२ अर्ब तीन करोड ५४ लाख रुपैयाँ खर्च भएको हो ।

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले बिहीबार विभागमा आयोजना गरी भाद्र महिनाको घोषणा गरेको हो ।

भाद्र १ देखि १५ र १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्येबाट ३२ जनालाई एक–एक लाखको विजेता र २ जनालाई बम्पर उपहार विजेता घोषणा गरिएको थियो ।

जस अनुसार भाद्र १ देखि १५ गतेसम्मको पुरस्कारमा सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान किनेका उपभोक्ताले बम्पर उपहारमा १० लाख रुपैयाँ जितेका छन् ।

सुनचाँदीको मूल्य घट्यो

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  ७ : ०४ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या