पाकिस्तानी तालिबानद्वारा युद्धविराम घोषणा | Khabarhub Khabarhub

पाकिस्तानी तालिबानद्वारा युद्धविराम घोषणा


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा सक्रिय तहरिक ए तालिबान पाकिस्तान (टीटीपी) ले अनिश्चितकालिन युद्धविरामको घोषणा गरेको छ ।

अफगानिस्तानको सत्तामा रहेको अफगान तालिबानको मध्यस्थतामा पाकिस्तान सरकारसँग वार्ता गरेपछि पाकिस्तानी तालिबानले अनिश्चितकालीन युद्धविरामको घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई एकजना वरिष्ठ पाकिस्तानी अधिकारीले बताएअनुसार वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ ।

वर्षौँदेखि पाकिस्तानी तालिबान सरकारविरुद्ध युद्धरत छन् । अफगानिस्तानसँग सीमा जोडिएका जातीय क्षेत्रमा पनि शरिया कानून लागू गराउने युद्धरत पाकिस्तानी तालिबान र अफगान तालिबानबीचको सम्बन्ध नजिकको तर अस्पष्ट रहेको बीबीसीले जनाएको छ ।

गत वर्षको अगस्ट महिनामा अफगान तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पाकिस्तानी तालिबानले पनि पाकिस्तानी भूमिमा आक्रमणलाई तीव्र पारेको जनाइएको छ ।

काबुलमा पछिल्लो समय पाकिस्तान सरकारले वार्ताका लागि राजनीतिक नेता एवम् जातीय मुखियाहरुको ‘जिर्गा’ भनिने समूह पठाएको बीबीसीले जनाएको छ ।

पछिल्लो समय इस्लामिक पर्वहरुलाई मध्यनजर गर्दै दुबै पक्षले ३० मेसम्म युद्धविरामको घोषणा गरेका थिए । विगतमा यस्ता युद्धविराम घोषणा भएको केही घण्टामा उल्लङ्घन हुँदै आएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  २ : ३१ बजे

आईएफए २०२५ मा एलजीले जित्यो १३ प्रतिष्ठित पुरस्कार

काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले आईएफए २०२५ मा उत्कृष्ट सफलता हासिल गरेको छ । आईएफए

‘टोकियो सप्ताह’ को तयारी पुरा, पण्डित दिनबन्धु टोकियोमा

टोकियो– आगामी साता यहाँ हुन लागेको ‘टोकियो सप्ताह-२०२५’ को तयारी

पक्राउ परे सिंहदरबार र संसद् भवन आगजनीमा संलग्न एक युवक

काठमाडौं- गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा

रास्वपा केन्द्रीय कार्यालयका घर मालिकले छाडे पार्टी सदस्यता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको बनस्थली च:मतीस्थित केन्द्रीय कार्यालय रहेको घरका मालिक

बृहत् बाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दैछ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले