रुटको शतकसँगै इङ्ल्याण्डको विजयी सुरुवात « Khabarhub

रुटको शतकसँगै इङ्ल्याण्डको विजयी सुरुवात


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इङ्ल्याण्डले न्युजिल्याण्ड विरुद्धको ३ खेलको टेस्ट सिरिजमा विजयी सुरुवात गरेको छ । इङ्ल्याण्डको लर्ड्स मैदानमा भएको पहिलो टेस्ट खेलमा इङ्ल्याण्डले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।

कुल २ सय ७७ रनको लक्ष्य इङ्ल्याण्डले दोस्रो इन्ङ्ग्सिमा ७८ ओभर ५ बलमा ५ विकेट गुमाएर भेटायो । घरेलु टोलीलाई विजयी बनाउन जो रुटले नटआउट ११५ रन र कप्तान बेन स्टोक्सले ५४ रन जोडे ।

यस शतकसँगै रुटले आफ्नो १० हजार रन पूरा गरेका छन् । यो रुटको टेस्ट क्रिकेटमा १५ औँ शतक हो । रुटले सो आकडा ३१ वर्ष १५७ दिनमा पुरा गरेका हुन् । न्युजिल्याण्डका काइल जेमिसनले ४ विकेट लिए भने ट्रेन्ट बोल्टले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको न्यूजिल्याण्ड पहिलो इनिङ्ग्समा ३९ ओभर ६ बलमा समेटिँदा मात्र १ सय ३२ रन बनाउन सफल भयो । इङ्ल्याण्ड पहिलो इनिङ्ग्समा ४२ ओभर ५ बलमा समेटिंदा १ सय ४१ रन जोड्न सफल भयो ।

न्युजिल्याण्डले ९१ ओभर ३ बलमा समेटिंदा २ सय ५ रन जोड्न सफल भएको थियो । न्युजिल्याण्ड र इङ्ल्याण्डबीचको दोस्रो टेस्ट खेल १० जुनमा सुरु हुनेछ । यस्तै, तेस्रो टेस्ट खेल भने २३ जुनमा सुरु हुनेछ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ९ : ०४ बजे

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र