एक सातामा अर्जेन्टिनामा कोरोना भाइरसबाट थप ४६ हजार सङ्क्रमित | Khabarhub Khabarhub

एक सातामा अर्जेन्टिनामा कोरोना भाइरसबाट थप ४६ हजार सङ्क्रमित


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा पछिल्लो एक हप्तामा कोरोना भाइरसबाट थप ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक हप्तामा अर्जेन्टिनामा ४६ हजार ४५ जना नयाँ सङ्क्रमित भएका हुन् ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा सोही अवधिमा अरु ८४ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको उल्लेख छ ।

अघिल्लो हप्ताको तुलनामा यो हप्ता नयाँ सङ्क्रमितको सङ्ख्या घटेको छ भने मृतकको सङ्ख्या बढेको छ । अघिल्लो हप्ता ५१ हजार ७७८ जना नयाँ सङ्क्रमित हुँदा ६४ जनाको मृत्यु भएको थियो ।

अर्जेन्टिनामा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ९२ लाख ७६ हजार ६१८ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या एक लाख २८ हजार ९७३ पुगेको छ ।

अर्जेन्टिनामा कोरोना भाइरसका कारण बिरामी भइ ३४४ जना अहिले पनि अस्पतालमै भर्ना भएका छन् । उनीहरूलाई अति सघन कक्षमा राखेर उपचार गराइएको छ ।

अर्जेन्टिनामा गत सन् २०२० को डिसेम्बरदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान चलाइएको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  २ : ५० बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण