उत्तर कोरियाललाई जवाफ- अमेरिका र दक्षिण कोरियाद्वारा ८ क्षेप्यास्त्र प्रहार | Khabarhub Khabarhub

उत्तर कोरियाललाई जवाफ- अमेरिका र दक्षिण कोरियाद्वारा ८ क्षेप्यास्त्र प्रहार


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको जवाफस्वरुप अमेरिका र दक्षिण कोरियाले पनि क्षेस्यास्त्र परीक्षण गरेका छन् । सोमबार अमेरिकी एवम् दक्षिण कोरियाली सेनाले ८ वटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ ।

सोमबार सबेरै अमेरिका र दक्षिण कोरियाका सेनाले जमिनबाट जमिनमा मार हान्न सक्ने आर्मी ट्याक्टिकल मिसाइल सिस्टम्सको परीक्षण गरेको हो । परीक्षण गरिएका आठ क्षेप्यास्त्रमध्ये सातवटा दक्षिण कोरियाली तथा एक अमेरिकी रहेको बीबीसीले जनाएको छ ।

अमेरिका र दक्षिण कोरियाले नियमित रुपमा कोरियाली प्रायद्विपमा सैनिक अभ्यास गर्दै आएका छन् । यस्ता सैनिक अभ्यासप्रति उत्तर कोरियाले क्रुद्ध प्रतिक्रियाहरु जनाउने गरेको छ ।

यी दुई साझेदारले यसअघि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको बेला पनि जवाफस्वरुप क्षेप्यास्त्र प्रहार गरी सैनिक अभ्यास गरेका थिए ।

गत महिनामा सत्ता सम्हालेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले उत्तर कोरियाविरुद्ध अझ सशक्त हुने संकेत देखाइरहेका बेला पछिल्लो घटनाक्रम विकास भएको हो ।

उनले आफ्नो उत्तरी छिमेकीले सरकारले कुनै भड्काउने कार्य गरेको खण्डमा आफ्नो सरकारले जवाफ दिने चेतावनी दिएका छन् । ‘हाम्रा जनताको जीवन र सम्पत्तिको रक्षा गर्न कुनै कमी नराख्नेमा हामी विश्वस्त छौँ ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ४ : १६ बजे

आज २०८२ साल कात्तिक ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री