अघिल्लो कार्यकालमा भएका अनियमितता छानबिन गर्न समिति गठन | Khabarhub Khabarhub

अघिल्लो कार्यकालमा भएका अनियमितता छानबिन गर्न समिति गठन


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अघिल्लो जनप्रतिनिधिको कार्यकालमा सञ्चालन भएका योजना तथा कार्यक्रमका विषयमा परेका उजुरीमाथि ) छानबिन गर्न समिति गठन गरेको छ।

नगर कार्यपालिकाको बैठकले २०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे अवधिमा सञ्चालन भएका केही योजना तथा कार्यक्रमका विषयमा जनगुनासो तथा उजुरी परेको सन्दर्भमा छानबिन गरी यथार्थ सार्वजनिक गर्ने प्रयोजनका लागि उपमेयर विसन राईको संयोजकत्वमा ९ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।

समितिको सदस्यमा राम कटुवाल, महेन्द्र राई, मणि राई, यादवसेन राई, सरोज राई (इन्जिनियर), युवराज श्रेष्ठ (चाटर्ड एकाउण्टेण्ट), कृष्ण बुढाथोकी र सदस्य सचिवमा तीर्थबहादुर बिकलाई राखिएको नगरपालिकाले जनाएको छ ।

१५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका दिपनारायण रिजाल मेयर र बिणादेबी राई उपमेयरमा निर्वाचित भएका थिए ।

बैठकले नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४ बमोजिमको ९ वटा विषयगत समितिको संयोजक तोकेको छ । शहरी तथा पुर्वाधार विकास समितिको संयोजक दिनेश घिमिरे, आर्थिक विकास समिति संयोजकमा दिनेश राई, सामाजिक विकास समितिका संयोजक दानबहादुर राई, वन, वातावरण, फोहोर मैला तथा विपद् व्यवस्थापन समितिका संयोजकमा रामकुमार हिङमाङ, योजना, अनुगमन तथा तथ्यांक समिति संयोजकमा नवराज राई, राजस्व तथा आर्थिक प्रशासन समिति संयोजक खगेन्द्र राई, न्याय कानुन तथा मानव अधिकार प्रवर्द्धन समिति संयोजकमा हरि चौंलागाई र सामान्य प्रशासन समिति संयोजकमा झुलेन्द्र बिक चयन भएका छन् । समितिका अन्य सदस्यहरु तोक्ने अधिकार मेयर र उपमेयरलाई प्रत्यायोजन गरिएको छ ।

उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७६ बमोजिम योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गर्न उपमेयर राईको संयोजकत्वमा अञ्जना केसी र गंगा बिक सदस्य रहेको नगर स्तरीय योजना अनुगमन तथा सुपरिवेक्षण समिति गठन गर्ने, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ बमोजिमको नगर उपप्रमुखको संयोजकत्वमा गठन हुने स्थानीय राजस्व परामर्श समिति, दफा ६६ बमोजिमको नगर प्रमुखको संयोजकत्वमा गठन हुने श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति तथा दफा ६७ बमोजिमको नगर उपप्रमुखको संयोजकत्वमा गठन हुने बजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्य तोक्ने अधिकार नगर प्रमुख र नगर उपप्रमुखलाई प्रत्यायोजन गरिएको छ ।

नगरपालिकाको शिक्षा क्षेत्रको सुधारका लागि सम्बन्धित क्षेत्रका विषय विज्ञ सहितको शिक्षा समिति गठन गर्ने र उक्त समितिको काम, कर्तव्य र अधिकार स्वीकृत गर्ने, बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीको सेवा सुविधा नेपाल सरकारले तोके बमोजिम हुने व्यवस्था गर्ने लगायतका १२ बुँदे निर्णय गरिएको मेयर तीर्थराज भट्टराईले बताए ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ८ : ५२ बजे

विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर रोहित

तेहरानमा हालसम्मकै शक्तिशाली आक्रमण गरेको इजरायलको दाबी

तेहरान – इजरायलले सोमबार इरानको राजधानी तेहरानमा स्थित इरानी सेनाको

हदबन्दी माथिको जग्गा अनियमितता गर्नेलाई कारबाही हुन्छः मन्त्री अधिकारी

काठमाडौं – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले

घरेलु मदिराको बजारीकरण विशेष प्राथमिकतामा छः उद्योगमन्त्री भण्डारी

काठमाडौं – सरकारले घरेलु मदिराको बजारीकरण गरी आर्थिक उपार्जनका लागि

श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगीदर ०.६ प्रतिशतमा सीमित

कोलम्बो – श्रीलंकामा उपभोक्ता मूल्य सूचकांक (कोलम्बो उपभोक्ता मूल्य सूचकांक)