थाइल्यान्डसँग पराजित भएसँगै नेपाल यू-१९ महिला टी-२० विश्वकप छनोटबाट बाहिरियो | Khabarhub Khabarhub

थाइल्यान्डसँग पराजित भएसँगै नेपाल यू-१९ महिला टी-२० विश्वकप छनोटबाट बाहिरियो


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थाइल्यान्डसँग ४९ रनले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट हुने सम्भावना समाप्त भएको छ ।

मलेसियाको जारी प्रतियोगितामा दोस्रो हारसँगै नेपालको विश्वकप खेल्ने सम्भावना सकिएको हो । बलियो टोली थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो ।

नेपालका लागि सृष्टि जैसीले अविजित ७ रन बनाइन्। यस्तै साना प्रविनले ६, अनु कडायतले ५, कृतिका मरासिनीले ३, अन्जली विश्वकर्माले ३, रन्जु श्रेष्ठले १ र स्नेहाले १ रन जोडिन । थाइल्यान्डकी नन्थिता बोसुखामले तीन विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ७ विकेट गुएर ८९ रन बनाएको थियो । थाइल्यान्डका लागि थिपत्चा पुत्थावोङले २० रन जोडिन् । बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रन बनाइन् । नेपालकी मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले समान दुई विकेट लिए ।

हारसँगै नेपाल चार खेलमा चार अंक जोड्दै तेस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। यस्तै दोस्रो खेलमा १० विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा नेपालले भुटानलाई चार विकेटले हराएको थियो ।

थाइल्यान्डको यो लगातार चौथो जित हो । थाइल्यान्ड चार खेलमा आठ अंक जोडेर शीर्ष स्थानमा  छ । अब नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ३ : ४१ बजे

आईसीसी महिला टी–२० : आज नेपाल र हङकङ भिड्दै

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा आज नेपालले आफ्नो

साफ यु–१९ च्याम्पियनसिप : आज नेपाल र भारत खेल्ने

काठमाडौं– १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने 

वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिँदै

बागलुङ– बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको