थाइल्यान्डसँग पराजित भएसँगै नेपाल यू-१९ महिला टी-२० विश्वकप छनोटबाट बाहिरियो « Khabarhub

थाइल्यान्डसँग पराजित भएसँगै नेपाल यू-१९ महिला टी-२० विश्वकप छनोटबाट बाहिरियो


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थाइल्यान्डसँग ४९ रनले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट हुने सम्भावना समाप्त भएको छ ।

मलेसियाको जारी प्रतियोगितामा दोस्रो हारसँगै नेपालको विश्वकप खेल्ने सम्भावना सकिएको हो । बलियो टोली थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ४० रनमा समेटियो ।

नेपालका लागि सृष्टि जैसीले अविजित ७ रन बनाइन्। यस्तै साना प्रविनले ६, अनु कडायतले ५, कृतिका मरासिनीले ३, अन्जली विश्वकर्माले ३, रन्जु श्रेष्ठले १ र स्नेहाले १ रन जोडिन । थाइल्यान्डकी नन्थिता बोसुखामले तीन विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ७ विकेट गुएर ८९ रन बनाएको थियो । थाइल्यान्डका लागि थिपत्चा पुत्थावोङले २० रन जोडिन् । बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रन बनाइन् । नेपालकी मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले समान दुई विकेट लिए ।

हारसँगै नेपाल चार खेलमा चार अंक जोड्दै तेस्रो स्थानमा छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। यस्तै दोस्रो खेलमा १० विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा नेपालले भुटानलाई चार विकेटले हराएको थियो ।

थाइल्यान्डको यो लगातार चौथो जित हो । थाइल्यान्ड चार खेलमा आठ अंक जोडेर शीर्ष स्थानमा  छ । अब नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ३ : ४१ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक