प्रायद्वीपमा तनाव बढ्दै जाँदा अमेरिका र दक्षिण कोरियाद्वारा संयुक्त हवाइ अभ्यास « Khabarhub

प्रायद्वीपमा तनाव बढ्दै जाँदा अमेरिका र दक्षिण कोरियाद्वारा संयुक्त हवाइ अभ्यास


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरियाली प्रायद्वीपमा बढ्दो तनावबीच दक्षिण कोरिया र अमेरिकी सेनाले हवाइ अभ्यास गरेका छन् । हालै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेसँगै उनीहरुले दक्षिण कोरियाको पश्चिमी समुद्रमा २० वटा लडाकु विमान उडाएका हुन् ।

दक्षिण कोरियाली सेनाले हवाइ प्रदर्शनीमा १६ दक्षिण कोरियाली विमान र एफ ३५ ए स्टिल्थ लडाकु विमानसहित चार अमेरिकी एफ १६ लडाकु जेट समावेश गरिएका बताएका छन् । उत्तर कोरियाको उत्तेजनाको जवाफ दिन सैन्य क्षमता प्रदर्शन गरिएको हो ।

यसैबीच अमेरिकाले उत्तर कोरियाले आफ्नो आणविक परीक्षणलाई अगाडि बढाएमा कडा जवाफ दिने चेतावनी दिएको छ ।

उत्तर कोरियाले मुलुकको उत्तरपूर्वी क्षेत्र पुन्ग्गे–रीमा रहेको आणविक परीक्षण केन्द्रमा अर्को आणविक परीक्षण गर्ने तयारी गरिरहेको बताइएको छ ।

सन् २०१७ यता उत्तर कोरियाले अनणविक परीक्षण गरेको छैन । सन् २०१७ को सेप्टेम्बर महिनामा उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्रका लागि डिजाइन गरिएको थर्मोन्युक्लियर बम परीक्षण गरेको दाबी गरेको थियो ।

उत्तर कोरियाले लामो समयदेखि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासको रूपमा निन्दा गर्दै आएको छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले मुलुकमा जारी आर्थिक समस्या एवम् कोरोना महामारीका बावजुद आफ्नो क्षेप्यास्त्र परीक्षणको स्तरलाई बढाएको बताइएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ६ : ०७ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको