बुधबार कृष्ण अवतारको पूजा गर्दा चाहेको फल पाइन्छ | Khabarhub Khabarhub

बुधबार कृष्ण अवतारको पूजा गर्दा चाहेको फल पाइन्छ


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दू धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ।

विशेष व्रत र उपवासबाहेक, अधिकांश हिन्दू धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ। बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्

– हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी९देवताको कृपा हुने गर्छ।

-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।

-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ ।

-जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ५ : ३६ बजे

‘माग्ने राजा’लाई ५ ‘हट’ प्रश्न !

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ भदौ ६ बाट प्रदर्शनमा

पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको

यु–१७ महिला फुटबल टोली आज भुटान जाँदै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टोली

दुई दिने नेपाल भ्रमण सकेर आज भारत फर्किंदै सचिव मिस्री

काठमाडौं – दुई दिने नेपाल भ्रमणमा आएका भारतका विदेशसचिव विक्रम

अर्थसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिका बैठक बस्दै छन्