साउदीमा थप ९३ नेपालीले पाए एक्जिट भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने  « Khabarhub

साउदीमा थप ९३ नेपालीले पाए एक्जिट भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने 



दोहा – साउदीमा थप ९३ जना अवैधानिक नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् ।

३१ मेदेखि ०७ जुनसम्मको अवधिमा रियाद र दमामबाट प्रोसेसिङ् गरिएका मध्ये थप ९३ जनाले एक्जिट भिसा प्राप्त गरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

दूतावासले प्रकाशित गरेको लिष्टमा नाम आएकाहरूले दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान अनुरोध गरेको छ । एक्जिट भिसा लागेको ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्न समेत दूतावासले अनुरोध गरेको छ ।

दूतावासले प्रोसेसिङ गरेर प्राप्त हुने बहिर्गमन भिसाको सूचि प्रत्येक हप्ता दूतावासको फेसबुक पेजमार्फत सार्वजनिक गरिने जनाएको छ । उक्त सूचिमा दमाम, जुवेल, खोबर र अलहासास्थित अध्यागमन कार्यालयबाट प्राप्त हुने बहिर्गमन भिसाको विवरण समेत समावेश गरिने दूतावासले जनाएको छ ।

एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहीँ कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

कस्तो अवस्थामा लाग्छ एक्जिट भिसा ?

*. इकामाको म्याद सकिएको ३ महिना भन्दा बढी भैसकेका
*. साउदी आएको ३ महिना भन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएका
*.हुरूब लागेका व्यक्तिको मात्र दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ् गर्न सकिने ।

इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ् भने दूतावासबाट गर्न मिल्दैन ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ६ : ४६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित