'कलासँगै स्टारडम पनि चाहिन्छ' | Khabarhub Khabarhub

‘कलासँगै स्टारडम पनि चाहिन्छ’


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘मदन पुरस्कार’ प्राप्त राधा पौडेलको उपन्यास ‘खलंगामा हमला’ माथि फिल्म निर्माण हुने भएको छ । मंगलबार साँझ एक कार्यक्रमको आयोजना गर्दै पुस्तकलाई विनोद विष्ट फिल्ममा ल्याउने घोषणा गरियो । निर्देशक विष्टले पछिल्लो समय झमक कुमारी घिमिरेको जीवनीमा आधारित पुस्तक ‘जीवन काँडा कि फुल’ लाई फिल्म बनाएका थिए । यसपटक निर्देशक विष्टले राधाको कृतिलाई फिल्ममा उतार्न लागेका हुन् । २०५९ कार्तिक २८ गते माओवादीले जुम्लाको खलंगामा आक्रमण हुँदा त्यो समयमा त्यहाँ राधा नर्सका रुपमा कार्यरत थिइन् ।

त्यही समयको सेरोफेरोलाई उनले पुस्तकमा उतारेकी थिइन् । ‘स्क्रिप्टलाई फाइनल गर्न करिब ९ महिना लाग्नेछ । लेखिकासँगै बसेर स्क्रिप्ट फाइनल गरेपछि हामी कलाकार र प्राविधिक छनोट गर्नेछौ’, निर्देशक विष्टले भने । पछिल्लो फिल्मको सिकाईलाई निर्देशक विष्टले यसमा प्रयोग गर्ने समेत बताए । ‘पछिल्लो फिल्ममा चलेको अनुहार राख्न पाइएन । किनकी झलकजी जस्तो देखिने अनुहार नै पाइएन । यद्यपि यसपटक हामी चलेको अनुहार नै राख्ने सोचमा छौँ’ निर्देशक विष्टले भने ।

उनले कलालाई अगाडि ल्याउन पनि चलेको स्टार चाहिने बताए । ‘हामीले फिल्मलाई राम्रो त बनाउनु पर्छ नै । साथै हालसम्म ल्याउन स्टारडम पनि चाहिने रैछ । अनि मात्र आफ्नो कथालाई धेरै दर्शकसम्म पुर्‍याउन सकिने रहेछ’ निर्देशक विष्टले भने । उनको बुझाइमा आफ्नो पछिल्लो फिल्म ‘जीवन काँडा कि फुल’ व्यवसायिक रुपमा असफल हुनुमा चलेको अनुहार नहुनु पनि एक कारण हो । निर्देशक विष्टले पुस्तकमा आधारित रहेर फिल्म बनाउँदा त्यहाँबाट बाहिर जान नसकिने उल्लेख गर्दै पुस्तक र पात्रलाई न्याय दिनेमा आफू विश्वस्त रहेको बताए । राधाले आफूले फिल्म ‘जीवन काँडाको फूल’ हेरेपछि विनोदको कामप्रति विश्वास बढेको बताइन् । निर्देशक विष्ट पनि फिल्मलाई पुस्तकको मर्म नमर्ने गरि कमर्सियल भ्यालु थप गरेर तयार गर्ने सोचमा छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ७ : २५ बजे

वैकल्पिक विकास वित्त विधेयकमाथिको दफावार छलफल सकियो

काठमाडौं – ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको

पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्यु, पाँच घाइते

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर

क्यानडा नेपालको भरपर्दो मित्र हो : राजदूत पौड्याल

काठमाडौं – क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडा नेपालको

धनराज भन्छन्- राजनीतिमा स्वच्छ प्रतिस्पर्धा नहुँदा गणतन्त्र धरापमा पर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन

उड्ने कार प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने 

काठमाडौं– मंगलबार (भदौ ३ गते) बाट नाडा अटो शो २०२५