बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६६ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार दोलखाको कालिञ्चोक घर घई हाल काठमाडौंको थानकोट बस्दै आएका ३४ वर्षीय अमर बहादुर तामाङलाई पक्राउ परेका हुन् । सविनामाया तामाङको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी दोलखाको कालिञ्चोक गाउँपालिका घर भई हाल काठमाडौंको थानकोट बस्ने ३४ वर्षीय अमर बहादुर तामाङलाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा ६२ लाख ३३ हजार रुपैयाँ बिगो कायम गरिएको उक्त कार्यालयले जानकारी दिएको छ ।

त्यसपछि फरार रहेका तामाङलाई मंगलबार काठमाडौंको माकलबारीबाट पक्राउ गरी थप अनुसन्धानको लागि बुधबार जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ७ : २८ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न