आज २०७९ साल जेठ २६ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०७९ साल जेठ २६ गते बिहीबारको राशिफल


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०७९ साल जेठ २६ गते, बिहीबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईंको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : दिन सामान्य राम्रो छ। खर्च बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ। भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ।

वृष : बोलीका कारण घाटा हुने भएकाले बोल्दा सचेत हुनुहोला। व्यस्तताले गर्दा मानसिक तनाव बढ्नेछ। गणेश भगवानको स्मरण गरे मन शान्त हुनेछ।

मिथुन : दिन राम्रो छ। आफन्तको सहयोग मिल्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। शत्रु बढ्नेछन्। पठनपाठनमा जोशजाँगर बढ्नेछ। प्रेममा धोका हुने भएकाले सचेत हुनुपर्ने देखिन्छ।

कर्कट : काममा सफलता मिल्नेछ। उत्साह बढ्नेछ। शिक्षामा गरेको श्रम लगानीबाट सन्तोष पाइनेछ। जग्गासम्बन्धी कारोबारमा लाभ हुनेछ। अरु सबै क्षेत्र यथास्थितिमा रहनेछ।

सिंह : बोलीमा मिठास रहनेछ। शत्रु बढ्नेछन्। रोगबाट मुक्ति मिल्नेछ। प्रेममा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पाइनेछ।

कन्या : शिक्षा क्षेत्रमा गरेको लगानीबाट निकै उत्साह मिल्नेछ। खर्च बढ्नेछ। रोगको प्रकोप बढ्ने देखिन्छ।

तुला : सामान्य दिन राम्रो छ। स्वास्थ्यमा समस्या आउनेछ। पारिवारिक मेलमिलाप हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। अरु क्षेत्र यथास्थितीमा छ।

वृश्चिक : दिन सामान्य राम्रो छ। समस्याबाट नै समाधान निकाल्नुपर्नेछ। बिहान उठेर सूर्यको दर्शन गर्नुहोला। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

धनु : दिन सामान्य राम्रो छ। मातापिताबाट सहयोग मिल्नेछ। राजनीतिमा शत्रु बढ्नेछ। आर्थिक क्षेत्रमा ठूलो फड्को मिल्ने योग रहेको छ।

मकर : दिन निकै राम्रो छ। बोलीको प्रभाव बढ्नेछ। व्यापार व्यवसायबाट राम्रो फल प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। प्रेममा सफलता पाइनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। मनमा उल्लास बढ्नेछ। सामाजिक र धार्मिक क्षेत्रमा मन जानेछ। पठनपाठनमा आलस्य बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहला।

मीन : दिन सामान्य राम्रो छ। सोचेअनुसार काम नबन्दा चिन्ता थपिनेछ। आफन्तबाट अपमान मिल्नेछ। अनावश्यक यात्रामा ननिस्कनु होला। रोगको प्रकोप बढ्ने देखिएको छ।

राशिफलले जे जस्तो भने पनि तपाईंको दिन शुभ रहोस्।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ५ : ०२ बजे

भोजन लिपि स्वादले नेपाली-थाई मित्रतालाई महत्त्व दिएको छः मन्त्री खड्का

भक्तपुर – ऊर्जा, जलस्रोत र सिंचाई मन्त्री दीपक खड्काले नेपाली

म्याग्दीमा २३ हेक्टरमा सिँचाइ सुविधा विस्तार

म्याग्दी– राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामार्फत आर्थिक वर्ष २०८१–०८२ मा म्याग्दी,

रिभर फल्स पावरले हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं – रिभर फल्स पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने

भक्त राना स्मृति चेसको तयारी अन्तिम चरणमा

ललितपुर – भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता ११ र १२

बौद्ध धर्मावलम्बीले आज पञ्चदान पर्व मनाउँदै

भादगाउँ– दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरूले आज पञ्चराँ (पञ्चदान)