मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित | Khabarhub Khabarhub

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि सर्वसम्मतबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको हो ।

बैठकमा प्रदेशसभा सदस्यबाट उठेका विषयवस्तुलाई आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत सम्बोधन गरिने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री राउतले नीति तथा कार्यक्रम पारित गर्न आग्रह गरे ।

त्यसपछि नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गराउनुभएका प्रदेशसभा सदस्य बच्चाराम अहिर, परमेश्वर साह, दिलीपकुमार साह, सुन्दरबहादुर विश्वकर्मा र बाबुलाल साह (कानु) ले आआफ्ना संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

त्यसलगत्तै सभामुख सरोजकुमार यादवले सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमलाई निर्णायक प्रस्तुत गर्नुहुँदै सर्वसम्मतबाट पारित भएको घोषणा गरे ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १० : ५१ बजे

काठमाडौं–१६ मा रास्वपाकी रोजिना श्रेष्ठलाई सुरुवाती अग्रता

काठमाडौं – काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की

झापाको कन्काई ६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

काठमाडौं – झापाको कन्काई नगरपालिका–६ को वडा अध्यक्षमा मा स्वतन्त्र

भारतमा निर्मित पिनाका क्षेप्यास्त्र किन्न भियतनामको चासो

काठमाडौं – भियतनामले भारतीय पिनाका क्षेप्यास्त्र खरिदमा चासो देखाएको छ

मन्त्रिपरिषद् बैठक : अमेरिकी अनुदान सहायता स्वीकार गर्ने निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले २० मिलियन अमेरिकी डलर नगद अनुदान

दैलेखको दुल्लु–१३ मा एमालेसँग कांग्रेस तीन मतले पराजित

काठमाडौं – दैलेखको दुल्लु नगरपालिका–१३ मा नेकपा एमालेका उम्मेदवार लालबहादुर