फैलिँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना « Khabarhub

फैलिँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जस कारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना छ ।

शुक्रबार प्रदेश १ , बागमती र गण्डकीका केही स्थान तथा मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आङ्कलन गरिएको छ ।

हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ भने मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ७ : ५८ बजे

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको नाममा ठगी गर्ने युवक पक्राउ

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’