पृथ्वी राजमार्गको पहिरो हटाई दुई तर्फी सवारी सञ्चालन हुन समय लाग्ने « Khabarhub

पृथ्वी राजमार्गको पहिरो हटाई दुई तर्फी सवारी सञ्चालन हुन समय लाग्ने


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले गएरातिदेखि अवरुद्ध पृथ्वी राजमार्ग दुई तर्फी खुल्न अझै केही समय लाग्ने बताएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका–५ नाग्दी खोलास्थित ५० मिटर आसपासको छेउका २ स्थानमा पहिरो झरेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

‘अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो झर्ने क्रम समेत नरोकिएका कारण सडक खुलाउन प्रयास भइरहेता पनि समस्या आएको छ,’ प्रवक्ता अधिकारीले भने, ‘पहिरो हटाई दुई तर्फी सवारी सञ्चालन हुन अझै समय लाग्छ ।’

सडक खुलाउन दुई ओटा जेसीबी प्रयोग भइरहेको उनले जनाए ।

पहिरो झरी राती सवा ११ बजेबाट दुई तर्फी अवरुद्ध भएको सडकमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।

सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मुवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १ : ०१ बजे

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा