रूसले आक्रमण थालेयता युरोपभर झण्डै पाँच लाख युक्रेनी शरणार्थीको रूपमा दर्ता « Khabarhub

रूसले आक्रमण थालेयता युरोपभर झण्डै पाँच लाख युक्रेनी शरणार्थीको रूपमा दर्ता


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रूसले गत फेब्रुअरी २४ मा आक्रमण सुरु गरेयता युरोपभर झण्डै पाँच लाख युक्रेनी नागरिक शरणार्थीको रूपमा दर्ता भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्र शरणार्थी निकाय युएनएचसिआरले भनेको छ, ‘युक्रेन युद्धले विश्वकै सबैभन्दा ठूलो मानव विस्थापन संकट निम्त्याएको छ’

युक्रेनी स्थितिबारे निकायको डेटा पोर्टलमा अद्यावधिक तथ्याङ्कले युद्धग्रस्त युक्रेनबाट कूल ४८ लाख १६ हजार ९२३ युक्रेनी शरणार्थीको रूपमा दर्ता भएको देखाएको छ ।

युएनएचसिआरको तथ्याङ्कले युक्रेनबाट ७३ लाखभन्दा बढी मानिस जुन ७ सम्ममा सीमा पार गरेको रेकर्ड गरिएको छ । उक्त तथ्याङ्कले देखाएअनुसार अरु २३ लाखभन्दा बढी मानिसहरू स्वदेश फिर्ता भएका छन् ।

विदेश पलायन भएकामध्ये ९० प्रतिशत महिला र बालबालिका रहेको राष्ट्रसंघले बताएको छ । सैनिक सेवाका लागि योग्य १८ देखि ६० वर्ष उमेर समूहका पुरुषलाई देशबाट बाहिर जान दिइएको छैन ।

युक्रेनबाट भागेकाहरूबाहेक संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय बसाइँ सराइ संगठनले अनुमान गरेअनुसार ८० लाखभन्दा बढी मानिसहरू यस आक्रमणसँगै स्वदेशमा नै आन्तरिक विस्थापित भएका छन् ।

युक्रेनबाट बाहिर निस्केका आधाभन्दा बढी छिमेकी पोल्याण्डमा आएका छन् । पोल्याण्डमा ३८ लाख मानिसहरूले शरण लिएकोमा झण्डै आधा स्वदेश फर्किएका छन् ।

युएनएचसिआरले पोल्याण्डमा ११ लाख ५० करोड युक्रेनीले शरणार्थीको रूपमा नाम दर्ता गरेको उल्लेख गरेको छ । पोल्याण्डबाहेक हंगेरी, रोमानिया, स्लोभाकिया र मोल्डोभाजस्ता अन्य छिमेकी देशहरूमा पनि लाखौँ मानिसहरू प्रवेश गरेका छन् । ती देशमा हजारौँ युक्रेनीले शरणार्थीका लागि आवेदन दिएका छन् ।

युरोपका अन्य देशहरूमध्ये जर्मनीमा झन्डै सात लाख ८० हजार, चेक गणतन्त्रमा झन्डै तीन लाख ६७ हजार र स्पेनमा एक लाख १८ भन्दा बढी युक्रेनीले शरणार्थीका रूपमा आवेदन दिएका छन् । अन्य युरोपेली देशहरूमा पनि हजारौं शरणार्थीले निवेदने दर्ता गरेको बताइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ५ : ४८ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री