इजरायलको भ्रमण गरेको भन्दै पाकिस्तानमा पत्रकारको जागिर खोसियो « Khabarhub

इजरायलको भ्रमण गरेको भन्दै पाकिस्तानमा पत्रकारको जागिर खोसियो


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलको भ्रमण गरेको भन्दै पाकिस्तानको टेलिभिजन कर्पोरेशन पीटीभीले एकजना पत्रकारलाई बर्खास्त गरेको छ ।

किस्तानी मूलका अमेरिकीहरुको प्रतिनिधिमण्डलबाट इजरायलको भ्रमणमा गएको भन्दै पीटीभीले पत्रकार अहमद कुरैशीलाई बर्खास्त गरेको पाकिस्तानी सूचनामन्त्री मरियम औरङजेबले बताइन् ।

उनी निजी भ्रमणमा त्यहाँ गएको र पाकिस्तानको विदेश मामिला मन्त्रालयले उनको भ्रमणको निन्दा गरेको समेत जनाइएको छ । समाचारमा जनाइएअनुसार पाकिस्तानबाहिर सञ्चालित एक गैर सरकारी संस्थाले आयोजना गरेको भ्रमणमा उनी इजरायत पुगेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पाकिस्तान प्यालेस्टाइनको पक्षमा अडिग नै रहेको बताउँदै सूचनामन्त्री औरङजेबले पाकिस्तानी जनताको भावनाविरुद्ध जान नहुने समेत बताइन् ।

प्यालेस्टाइनसँग मध्यपूर्वमा सार्वभौमिकताको विवादमा रहेको इजरायललाई पाकिस्तान लगायत बहुसंख्यक मुसलमान धर्मावलम्बी रहेका मुलुकहरुले सार्वभौम मुलुकको मान्यता समेत नदिएको बताइन्छ । यस्ता मुलुकले आफ्ना नागरिकलाई इजरायलमा जान प्रतिबन्ध लगाएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १० : ५६ बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको