बानेश्वरमा सिलिन्डर विष्फोट गराएको आरोपमा पक्राउ परेका ४ जना पुर्पक्षका लागि थुनामा « Khabarhub

बानेश्वरमा सिलिन्डर विष्फोट गराएको आरोपमा पक्राउ परेका ४ जना पुर्पक्षका लागि थुनामा


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिलिण्डर ग्यास विष्फोट गराएको आरोपमा पक्राउ परेका चार जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

यसअघि वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका क्रममा राजधानी काठमाडौँमा सिलिन्डर विष्फोट गराएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला अदालतले पुर्पक्षकाका लागि थुनामा पठाउन आदेश दिएको हो ।

उनीहरू गोरखाको लखन गाउँपालिका-५ घर भएका काठमाडौंको कपन बस्ने २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेको तेमाल गाउँपालिका- ९ घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका- ५ टिकाथली बस्ने २८ वर्षीय करण श्रेष्ठ, भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ घर भएर भक्तपुरको चाँगुनारायण नगरपालिका-१ दुवाकोट बस्ने २८ वर्षीय युवराज थापा र खोटाङको कोटेहाङ गाउँपालिका-८ का ३६ वर्षिय भरतकुमार राई रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका अनुसार पक्राउ परेका उनीहरूलाई प्राप्त प्रमाणका आधारमा अदालतमा उपस्थित गराइएको थियो ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ११ : २९ बजे

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको

महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया