एकल महिलाको आगो लगाएर हत्या, शंकास्पद २ जना पक्राउ « Khabarhub

एकल महिलाको आगो लगाएर हत्या, शंकास्पद २ जना पक्राउ


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलमा एकल महिलाको हत्या गरिएको छ ।

प्रहरीका अनुसार ४५ वर्षीया एकल महिला अनिभा खडायतको आगो लगाएर हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले दिएको जानकारी अनुसार घर नजिकैको खरको लुटो (कुन्यू) मा आगो लगाएर ती महिलाको हत्या गरिएको हो ।

प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको बताएको छ । यसबारेमा थप अनुसन्धान गर्न दार्चुलाका डिएसपी प्रतिक विष्ट नेतृत्वको टोली घटनास्थल प्रस्थान गरेको छ ।

हत्या गरिएका महिलाका श्रीमानको ७ वर्षअघि मृत्यु भइसकेको जनाइएको छ । मृतकका दुई छोरी र एक छोरा रहेका छन् ।

प्रहरीले घटनामा संग्लग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय वीरेन्द्र खडायत र तुला खडायत रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  १२ : ०९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन