सवारी साधनको दर्ता अब तनहुँबाटै « Khabarhub

सवारी साधनको दर्ता अब तनहुँबाटै


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिकास्थित डुम्रेमा रहेको यातायात व्यवस्था कार्यालयले जिल्लाबाटै सवारी साधन दर्ता कार्य सुरु गर्ने भएको छ । पोखराबाट मात्र हुँदै आएको सवारी साधन दर्ताको काम अब तनहुँबाट पनि सुरु हुन लागेको हो । तनहुँबाटै सवारी साधन दर्ता हुने भएपछि सवारी साधन दर्ताका लागि पोखरा जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । यो कार्यले तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज हुनेछ ।

कार्यालय प्रमुख विष्णु केसीले केही दिनभित्रै सवारी साधन दर्ताको काम सुरु हुने जानकारी दिए । ‘अहिले बिलबुक मात्रै नवीकरणको काम गर्दै आएको कार्यालयले अब केहीदिनमै सवारी साधनको दर्ता सुरु गर्ने तयारी गरेको छ’, केसीले भने, ‘अब यहीँबाटै सवारी चालक अनुमतिपत्र नवीकरण र नयाँ वितरणको कामसमेत सुरु हुन्छ ।’

कार्यालयले सम्भव भएसम्म असार पहिलो हप्ताबाट सवारी चालक अनुमतिपत्र वितरण र नवीकरणको कामसमेत सुरु गर्ने तयारी गरेको छ । सवारी चालक अनुमतिपत्र वितरणका लागि परीक्षा र ट्रायल दिने व्यवस्था मिलाउन कार्यालयले विमलनगरमा पूर्वाधार निर्माण थालेको छ ।

यातायात व्यवस्था कार्यालयले अनलाइनमा फारम खुलाएपछि विमलनगरमा ट्रायल दिने व्यवस्था मिलाइनेछ । कार्यालयले बिलबुक नवीकरणको काम भने सुरुदेखि नै गर्दै आएको छ । कार्यालयले विमलनगर–४ मा एक घर पाँच वर्षका लागि भाडामा लिनका लागि सम्झौता गरिसकेको छ । सवारी चालक अनुमतिपत्र वितरण र नवीकरण पनि तनहुँबाट हुने भएपछि यस भेगकै सर्वसाधारणलाई राहत मिल्नेछ । अहिले सवारी साधन दर्ता, सवारी चालक अनुमति नवीकरणलगायत कामका लागि पोखरासम्म जानुपर्ने अवस्था छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ११ : ५५ बजे

पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द