अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ « Khabarhub

अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाह चेकप्वइन्टस्थित सडकबाट ४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका-२ बस्ने २२ वर्षीय श्रवण सुनार, भारत घर भएका २२ वर्षीय राहुल शाही, २१ वर्षीय बब्बु घोसी लगायत ४ जना छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । श्रवणले चलाएर ल्याएको भे.६ प ९७७३ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गरेको थियो ।

जाँच गर्ने क्रममा स्कुटरमा सवार राहुलले लुकाई ल्याएको सो परिमाणको लागू औषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । साथै थप सोधपुछ तथा अनुसन्धानको क्रममा उक्त पदार्थ बब्बु  घोसी लगायत दुई जनाको भनि खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ३ : ०३ बजे

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र