नयनताराले गरिन् विग्नेशसँग विवाह  « Khabarhub

नयनताराले गरिन् विग्नेशसँग विवाह 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय फिल्म उद्योगमा लेडी सुपरस्टारको ट्याग पाएकी नयनतारा विवाह बन्धनमा बाँधिएकी छिन् । उनको विवाह निर्देशक विग्नेश सिवानसँग बिहिबारै भएको हो । केही समय यता प्रेममा रहेका दुईले अन्तत विवाह गरेका हुन् । नयनतारा र विग्नेशको विवाह समारोह चेन्नई नजिकैको महाबलीपुरमको रिसोर्टमा आयोजना भएको थियो । विवाहमा सहभागी हुन शाहरुख खान, अजित कुमार, सुरिया लगायत धेरै सेलिब्रेटी पुगेका थिए ।

नयनतारा र विग्नेशको पहिलो पटक फिल्म सेटमा भेट भएको थियो । जुन फिल्मका निर्देशक विग्नेश नै थिए । पहिलो भेटबाटै दुबै नजिक भएका थिए । ६ वर्षको डेटपछि उनीहरूले २५ मार्च २०२१ मा इन्गेजमेन्ट गरेका थिए । नयनतारा र विग्नेशलेसँगै काम गरेको फिल्म ‘कठुवाकुला रेन्दुकढल’ गत २८ अप्रिलमा रिलिज भएको थियो ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ३ : १६ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी