दुई बेलायती र एक मोरक्कनलाई युक्रेनको पृथकतावादी अदालतद्वारा मृत्युदण्डको सजाय | Khabarhub Khabarhub

दुई बेलायती र एक मोरक्कनलाई युक्रेनको पृथकतावादी अदालतद्वारा मृत्युदण्डको सजाय


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी सत्ता चलाइरहेको स्वघोषित ‘डोनेत्स्क जनगणतन्त्र’ को एउटा अदालतले दुई बेलायती र एक मोरक्कन नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । जन युक्रेनको समर्थनमा रुसी फौजविरुद्ध लड्ने दुई बेलायती र एक मोरक्कन नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको रुसी समाचार संस्थाहरुले जनाएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मृत्युदण्ड पाउनेमा बेलायती नागरिकहरु एइडेन अस्लिन र शन पिन्नर तथा मोरक्कन नागरिक ब्राहिम सादुओन रहेका छन् । उनीहरुलाई ‘भाडाका सैनिकको गतिविधि गरेको र सत्ता हत्याउने तथा डोनेत्स्क जनगणतन्त्रको संवैधानिक व्यवस्था विरुद्ध अपराध गरेको’ आभियोगमा दोषी ठहर गरिएको हो ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेपछि युक्रेनी फौजको समर्थन एवम् रुसी फौजविरुद्ध लडिरहेका बेला बेलायती नागरिकहरु पक्राउ परेको बताइएको छ । उनीहरुलाई गत अप्रिल महिनामा मारिउपोल सहरबाट पक्राउ गरिएको रोयटर्सले जनाएको छ । २८ वर्षे अस्लिन तथा ४८ वर्षे पिन्नरका परिवारले दिएका जानकारीअनुसार दुबै जना सन् २०१८ यता युक्रेनमा बसोबास गर्दै आएका थिए ।

त्यस्तै, मोरक्कन नागरिक सादुओनले गत मार्च महिनामा मारिउपोल सहर र डोनेत्स्क क्षेत्रको राजधानीबीच रहेको सानो सहरमा रुसी फौजसमक्ष आत्मसमर्पण गरेका थिए ।

उनीहरुका वकिलले अदालतको यो फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

यता बेलायतले भने अदालतको यो फैलसालाई ‘छद्म न्याय’ भन्दै निन्दा गरेको छ । ‘म एइडन अस्लिन र शन पिन्नरलाई पूर्वी युक्रेनमा रुसी कठपुतलीले सुनाएको फैसलाको निन्दा गर्दछु ।’ बेलायती विदेशमन्त्री लिज ट्रसले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छिन् । ‘उनीहरु युद्धबन्दीहरु हुन् । कुनै वैधानिकताबिनाको यो छद्म न्याय हो ।’ उनले लेखेकी छिन् ।

त्यस्तै, बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्ताले पनि आफ्ना नागरिकलाई मृत्युदण्ड दिने रुस समर्थित पृथकतावादीको कदमको निन्दा गरेको रोयटर्सले जनाएको छ ।

आफ्ना नागरिकलाई पूर्वी युक्रेनका पृथकतावादीले मृत्युदण्डको सजाय सुनाएकोबारे मोरक्कोले भने कुनै टिप्पणी नगरेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ४ : २५ बजे

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता 

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन

सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु