बाजे बज्यैको कुरा सुनेर किन रोइन तेरिया « Khabarhub

बाजे बज्यैको कुरा सुनेर किन रोइन तेरिया


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नृत्य गरेर देशविदेशमा परिचत तेरिया मगर निक्कै रमाइलो कुराकानी गर्छिन् । सानैदेखि नृत्य गर्न माहिर उनी भारतीय टेलिभिजन च्यानल कलर्सको टिभी कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता बनेपछि उनको चर्चा चुलियो ।

उनी निक्कै भावुक पनि छन् । आफ्नो करियर बनाउन घर छाडेकी उनी बारम्बार गाउँको सम्झना गर्छिन् । कार्यक्रममा बाहिर जाँदा पनि गाउँघरको रमाइलो यादले सताउने गरेको उनले बताउने गर्छिन् ।

उनले आफूलाई सबैभन्दा रमाइलो लाग्ने चाड तिहार भन्दै गर्दा उनका हजुरबुबा कृष्णबहादुर फौजा मगरले बाल्यकालको कुरा सुनाउँदा तेरियाले आँखाभरि आँसु पारिन । सबैभन्दा प्यारो हजुरबुबालाई उनले बुबा नै भनेर सम्बोधन गर्छिन । सानैमा हजुरबुबासँगै सुत्ने उनी अहिले पनि घर पुगेपछि हजुरबुबासँगै लुटुपुटु हुन्छिन ।

सानैमा स्कुलमा उनले गरेका काम र गतिविधि सुनाउँदा तेरिया निक्कै भावुक बनिन् । सोही कुराकानीमा नातिनीले गहभरि आँसु पारेपछि हजुरआमा सुनादेवीको पनि गला अवरुद्ध भएको थियो ।

नातिनीलाई घरबाहिर पठाउँदा निक्कै गाह्रो हुने गरेको भन्दा तेरिया पनि सुक्क सुक्क गरेकी थिइन ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : ३५ बजे

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर