अष्ट्रेलिया पुग्ने नेपालीको कथामा ‘डलर एयूडी’ बन्दै  « Khabarhub

अष्ट्रेलिया पुग्ने नेपालीको कथामा ‘डलर एयूडी’ बन्दै 


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देवकुमार श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘डलर एयूडी’ को बिहीबार आयोजित एक कार्यक्रमकाबीच घोषणा गरिएको छ । अष्ट्रेलियामा बसेर पैसा कमाउन नेपालीले गर्ने संघर्षको कथालाई उठाइने फिल्मलाई सन्तोष अधिकारीले निर्माण गर्नेछन् । अष्ट्रेलियामा नै छायांकन हुने फिल्ममा अभिनेता अर्पण थापा, अभिनेत्री मेनुका प्रधान र निर्माता अधिकारीको मुख्य भूमिका रहनेछ ।

‘म्यारिज प्रपोजल’, ‘लुक ब्याक इन एंगर’, ‘कोही किन बर्बाद होस्’, ‘पूर्णिमा’, ‘आजै थालौँ’ लगायत कयौं सफल नाटकका निर्देशक चे शंकरले फिल्मको पटकथा लेखेका हुन् । केही दिनमा कार्यशाला सुरु गरेर असार अन्तिमबाट छायांकन थालनी गर्ने निर्देशक श्रेष्ठले जानकारी दिए । फिल्ममा रायको सिनेमाटोग्राफी, मनोरञ्जन श्रेष्ठको सम्पादन,अजय कुमार अधिकारीको गीत , सुरेश राई र सन्तोष मिश्रको संगीत रहने छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ६ : ५५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब