मेगा र इन्भेष्टमेन्ट बैंक गाभिने, बैंकको नाम नेपाल इन्भष्टमेन्ट मेगा बैंक रहने « Khabarhub

मेगा र इन्भेष्टमेन्ट बैंक गाभिने, बैंकको नाम नेपाल इन्भष्टमेन्ट मेगा बैंक रहने


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि समझदारी भएको छ । दुवै बैंक एकआपसमा गाभिन लागेका हुन् । दुवै बैंकका प्रतिनिधिहरूले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरे ।

समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे । यी दुई बैंकले असोजभित्र मर्ज भइसक्ने गरी तयारी थालेका छन् ।

यी दुई बैंक गाभिएपछि अब बैंकको नाम नेपाल इन्भष्टमेन्ट मेगा बैंक रहने जनाइएको छ । यस्तै बैंकका अध्यक्ष र सीईओ भने नेपाल इन्भेष्मेन्ट बैंककै रहनेछन् ।

यस्तै डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मेगा बैंककी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रवीना देशराज जोशी रहने छिन् ।

हाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड र मेगाको १६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी छ । मर्ज भएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ९ : ४६ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय