म्याग्दीको बेगखोलामा झोलुङ्गे पुल निर्माण | Khabarhub Khabarhub

म्याग्दीको बेगखोलामा झोलुङ्गे पुल निर्माण


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – बर्खामा बाढी आएर आवतजावतनै बन्द हुने म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बेगखोलामा बाढी आउँदा आवतजावत आवरुद्ध हुने र जोखिमपुर्ण यात्रा गर्नुपर्ने समस्या हटाउन झोलुङ्गे पुल बनाइएको हो ।

पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत ८० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको जनाएको छ । कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले २०७८ कात्तिकमा करसहित रु २९ लाख ३८ हजारमा ठेक्का सम्झौता गरेको हिमशिखर कन्ट्रक्सनले पुल निर्माण सम्पन्न गरेको जानकारी दिए ।

सरकारले उपलब्ध गराएको लठ्ठा र बुल्डअफ ग्रिपबाहेक रु ३५ लाख ८३ हजार २५८ लागत अनुमान गरिएको थियो । २०७९ असार १५ गतेभित्र सम्पन्न गर्ने सम्झौता भए पनि करिब एक महिनाअघिनै काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि शिव माझीले बताए ।

विसं २०७३ भदौ १७ गतेको बाढीले बेलिब्रिज र झोलुङ्गे पुलसहित बेगखोलामा ११ वटा घर बगाएको थियो । एक जना बेपत्ता भएका थिए । मोटरेबल र झोलङ्गे पुल नहुँदा बर्खायाममा पैदलयात्रु र सवारी साधन जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या थियो ।

यसैगरी सडक विभागको पुल महाशाखाले बेगखोलामा ११ मिटर चौडाइ र ७० मिटर लामो मोटर चल्न पुल निर्माण थालेको छ । पुल निर्माणका लागि विसं २०७८ असार २९ गते बिओकेआइ-हिमालयन जेभीसँग भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता गरेको थियो ।

पुलको डिजाइन निर्माण व्यवसायीले आफैँ डिजाइन र निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको हो । विसं २०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । हालसम्म तिप्ल्याङतर्फ र बीचको दुई वटा पिल्लर ठडाइसकेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  १० : १३ बजे

भीरबाट हामफाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

चितवन– चितवनमा श्रीमान्–श्रीमतीले भीरबाट हाम फालेका छन् । घटनामा श्रीमतीको

एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले यही असार १३ गतेका लागि

सुरु भयो रोपाइँ (तस्बिरहरू)

सिन्धुली– असारको पहिलो सातामै वर्षा भएपछि किसानहरू खेतीमा व्यस्त भएका

सुर्खेतबाट पैदल आएका नवराजले भेटे कांग्रेस नेता कोइरालालाई

काठमाडौं– कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ३१ दिन लगाएर पैदलयात्रामा काठमाडौं

गाजामा एकैदिन सातजना इजरायली सैनिक मारिए

गाजा – गाजाक्षेत्रमा जारी कारबाहीका क्रममा सातजना इजरायली सेना मारिएका