६ महिनाका लागि कोरिया बस्ने विदेशीले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने « Khabarhub

६ महिनाका लागि कोरिया बस्ने विदेशीले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया सरकारले विदेशी श्रमिक र ६ महिनाभन्दा बढी अवधिको भिसामा आउने विदेशी नागरिकका हकमा स्वास्थ्य बीमा सेवा अनिवार्य गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य बीमा सेवा (एनएचआईएस)का अनुसार १६ जुलाईदेखि यो नियम लागू हुने बताइएको छ । जस अनुसार कोरियामा बसोबास गर्ने प्रवासी कोरियनलगायत सम्पुर्ण विदेशीहरुले प्रति महिना ११०००० वन (९३ अमेरिकी डलर) भन्दा बढी रकम तिर्नुपर्ने अनिवार्य स्वास्थ्य बीमा सेवामा खर्च गर्नुपर्ने भएको छ ।

लामो समयसम्म कोरिया बसेर मेडिकल सेवा लिने, तर बीमा शुल्क नतिरि जाने क्रमलाई रोक्न सबैलाई बीमा योजनामा अनिवार्य गर्न लागिएको राज्य चिकित्सा बीमा योजना अधिकारीलाई उदृत गर्दै  योनहपले समाचार लेखेको छ ।

अहिलेसम्म रोजगारीका लागि आउने विदेशीलाई मात्र स्वस्थ्य बीमा अनिवार्य गरिएको छ । अन्यलाई यस्तो व्यवस्था वैकल्पिक सुबिधाको रुपमा व्यवस्था गरिएको थियो ।

एनएचआईएसले अब भने सबै विदेशी विद्यार्थी र दक्षिण कोरियाली नागरिकसँग विवाह गर्ने सबै विदेशी नागरिकका हकमा बीमा योजनामा सामेल हुनुपर्ने बताइएको छ । यस नयाँ अनिवार्य बीमा कार्यक्रमले कोरियमा रहेका करिब ४ लाख विदेशीहरूलाई असर गर्ने सम्भव देखिन्छ ।

कोरियाको समाचार एजेन्सी योङहपका अनुसार २०१९ मा दक्षिण कोरियामा रहेका विदेशीहरूको संख्या गत वर्ष करिब २३ लाख ७० हजार पुगेको थियो । जुन पछिल्लो वर्ष भन्दा ८.६ प्रतिशतले बढी भएको योङहपमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ११ : १२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते