योजना पेस गर्न गाउँपालिका कार्यालय मै पुगे दैलेखका बालबालिका  | Khabarhub Khabarhub

योजना पेस गर्न गाउँपालिका कार्यालय मै पुगे दैलेखका बालबालिका 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- आजको बालबालिका भोलिका देशको मेरुदण्ड । यही कारण बालबालिकालाई भविष्य र देशको मुहार फेर्न सक्ने र देशलाई काँधमा राखेर अघि बढ्ने खम्बा मानिन्छ । दैलेखको गुराँस गाउँपालिका विद्यार्थी बालबालिकाहरूले यो भनाइलाई स्पष्ट पारेका छन् ।

बिहीबार बालबालिका लक्षित योजनाको फाइल बोकेर जिल्लाको गुराँस गाउँपालिका–५ का प्रेम बिक गाउँपालिका कार्यालय पुगेका थिए । बाल सञ्जालको सचिव समेत रहेका उनी गाउँपालिकामा बालबालिका लक्षित योजना पेस गर्न कार्यालयमा पुगेका हुन् ।  उनले गाउँपालिका कार्यालयमा योजनाहरू मात्र बुझाएनन्, बाल लक्षित योजनामा बजेट विनियोजन तथा कार्यान्वयन गर्न आग्रह समेत गरे । देउराली बाल सञ्जालकी सचिव दिलकुमारी पुन मगर पनि गाउँपालिका कार्यालयमा बालबालिका लक्षित योजना पेस गर्न पुगेकी थिइन् ।

प्रेम र दिलकुमारी जस्तै पालिकाका आठै वडाका बालबालिकाले बालबालिका लक्षित योजना छनौट गरी गाउँपालिकामा बुझाएका छन् । आगामी आर्थिक वर्ष २०७९/०८० का लागि उनीहरूले बाल भेलामार्फत बालबालिका लक्षित योजना छनौट गरेको हुन् ।

स्थानीय तहको योजना तथा बजेट तर्जुमा गर्दा बालबालिका केन्द्रित योजना र कार्यक्रमको छनौटमा बालबालिकाको अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले बाल भेला गरी बालबालिका लक्षित योजना छनौट गरी गाउँपालिकामा पेस गरिएको हो । सबै वडाका बालबालिका सहभागी भेलाबाट प्राथमिक करण भएका योजना बालबालिकाले पालिका अध्यक्ष टोपबहादुर बिसी र उपाध्यक्ष शिवा कुमारी खड्कालाई बुझाएका छन् ।

बालबालिका लक्षित योजनामा के के छन् ? 
किशोरीलाई सेनेटरी प्याड निर्माण तालिम, सबै विद्यालय घेराबार, बालमैत्री वडा घोषणा, बाल क्लबको क्षमता विकास र जीवन उपयोगी सीप, बालविवाह, छाउपडी लगायतका प्रथा न्यूनीकरणसहित १० वटा योजना बालबालिकाले प्राथमिकतामा राखेका छन् ।

यस्तै, माध्यमिक तहका विद्यालयमा विज्ञान प्रयोगशाला, सेनेटरी प्याड व्यवस्थापनसहितको शौचालय, बहु अपाङ्गता भएका बालबालिकालाई घरमै सिकाइ सहयोग, विद्यालयमा किशोर किशोरी सूचना केन्द्र स्थापनालाई बालबालिकाले मुख्य प्राथमिकता दिएका छन् ।

योजना पेस गरेका बालबालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरूसँग विद्यालयमा भएका समस्याहरू सुनाए । विषयगत र गुणस्तरीय शिक्षकको व्यवस्थापन तथा खानेपानी र शौचालय निर्माण गरिदिन बालबालिकाले आग्रह समेत गरे ।

बाल भेलाले छनौट गरेको योजनालाई प्राथमिकतामा राखेर पूरा गर्ने गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले बताए ।  गाउँपालिका उपाध्यक्ष शिवा खड्काले स्थानीय तहको योजना तर्जुमा मार्फत बालबालिकाका समस्या पहिचान, समाधान र बाल अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताइन् ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  २ : ३० बजे

थारू समुदायले आज अटवारी पर्व मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ– पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी

विभाग सक्रिय भएपछि बढ्यो देउवाको सक्रियता, दिन बिराएर पुग्छन् सानेपा

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूमाथि लामो समयदेखि लाग्ने आरोपमध्येमा पर्छ– घरमै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

पाँच वर्षदेखि पुल निर्माण अधुरै

चौतारा – सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल