जोनीले पूर्वपत्नी  हर्डबाट क्षतिपूर्तिको रकम नलिने  | Khabarhub Khabarhub

जोनीले पूर्वपत्नी  हर्डबाट क्षतिपूर्तिको रकम नलिने 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय अगाडि हलिउड अभिनेता जोनी डेप र उनकी पूर्वपत्नी एम्बर हर्ड बीचमा चलिरहेको मुद्दामा अदालतले फैसला सुनायो । एक अर्काविरुद्ध मानहानिको मुद्दा लगाएर ६ वर्षदेखि अदालतमा लडिरहेका जोनी र एम्बर दुवैलाई अदालतले दोषी ठहर गर्‍यो । कानुनी रुपमा एम्बर हर्डमाथि जोनीले जितेको निर्णय भए पनि अदालतले दुनैलाई दोषी बनायो । भर्जिनियाको अदालतले वासिङटन पोस्टमा एम्बर हर्डले अप–एड लेख्दै डीपको बदनाम गरेको भन्दै उनलाई १ अर्ब ५ करोड अमेरिकी डलर जरिवाना तिर्ने आदेश दिएको हो । उता यसको बचाउका क्रममा जोनीले पनि एम्बरको मानहानी गरेको भन्दै अदालतले उनले पनि २० लाख अमेरिकी डलर एम्बरलाई तिर्नुपर्ने फैसला सुनाएको छ ।

यो फैसलालाई जोनी पक्षले जितको रुपमा अथ्र्याए । जोनीले अदालतको निर्णयले आफ्नो जीवन फिर्ता आएको भन्दै यो लडाइँमा साथ दिने वकिलदेखि शुभचिन्तकसम्मलाई धन्यवाद दिए । यसकारण पनि जोनी पछिल्लो समय चर्चामा छन् । उनका फ्यानले खुशियाली बाडी रहेका छन् । यसैबीच फ्यानमा अर्को खुसियाली समेत थपिएको छ । उनले आफ्नी पूर्वपत्नी एम्बर हर्डसँग क्षतिपूर्ति रकम नलिने भएका छन्। अदालतले जोनीको मानहानी गरेको भन्दै हर्डलाई १ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो।

तीन मध्ये दुई मुद्दाको टुङ्गो लगाउदै मिलापत्र गर्दा हर्डले जोनी डेपलाई १ करोड ३५ लाख अमेरिकी डलर तिर्नुपर्ने थियो। तर उनले आफ्नो पूर्वपत्नीबाट उक्त रकम नलिने घोषणा गरेका छन्। यसलाई जोनीका वकिल बेन्जामिन च्यूले पुष्टि गरेका हुन्। जोनीले गरेको यो घोषणासँगै उनका फ्यान झनै उत्साहित छन् ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ३ : ४७ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते