भक्तपुर जिसस प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी  « Khabarhub

भक्तपुर जिसस प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा विजयी भएका छन् । गोला प्रथाबाट उनी जिसस प्रमुखमा विजयी हुन सफल भएका हुन् । उपप्रमुखमा भने कांग्रेसकी सुजाता बाडे विजयी भएकी छिन् ।

जिल्ला समन्वय समितिका लागि यहाँ आठ जना मतदाता थिए । चार वटा नगरपालिकाका प्रमुख र उपप्रमुख यसका लागि मतदाता हुन्छन् । जिल्लामा सत्ता गठनबन्धनको तीन, एमालेको तीन र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को दुई मत थियो ।

यो हिसाबले नेमकिपा निर्णायक भएको थियो । त्यस कारण उसलाई मनाउन दुवै पक्षका दलले भरपुर प्रयास गरेको थिए । दुवै पक्षले नेमकिपालाई प्रमुख पद दिएका थिए । तर, उक्त पार्टीले एमसीसी पास गर्ने दलहरूसँग कुनै हालतमा गठबन्धन नगर्ने अडान राखेपछि मतदान भएको थियो । मतदानमा सत्ता गठबन्धन र एमाले दुवैले तीन तीन मत प्राप्त गरेको थिए । मत बराबर भएपछि गोला प्रथा गरिएको हो ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ४ : १७ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण