एमालेको प्रतिस्पर्धी कांग्रेस मात्रै हो, माओवादीको अस्तित्व छैन : महासचिव पोखरेल | Khabarhub Khabarhub

एमालेको प्रतिस्पर्धी कांग्रेस मात्रै हो, माओवादीको अस्तित्व छैन : महासचिव पोखरेल


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको प्रतिस्पर्धी नेपाली कांग्रेस मात्रै रहेको बताएका छन् ।

एमालेबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रको कुनै अस्तित्व नै नभएको टिप्पणी गर्दै आफुहरुको प्रतिस्पर्धी कांग्रेस मात्रै भएको बताएका हुन् । उनले भने, ‘माओवादी केन्द्रले विगतमा भन्दा सिट संख्या बढाएको छ। तर, उसको जनमत घटेको छ। ७४ सालको निर्वाचनमा उसले १७ प्रतिशत मत प्राप्त गरेको थियो । आज त्यो जनमत १३ प्रतिशत छ।

माओवादी अब वामपन्थी आन्दोलनको रूपमा नरहेको समेत उनले बताए । स्थानीय तहको निर्वाचनको परिणामले माओवादी अस्तित्व रक्षाको लागि कुनै शक्तिसँग टाँसिनुपर्ने बाध्यता खडा भएको प्रष्ट भएको उनले बताए । पोखरेलले एकीकृत समाजवादीको नाममा बाहिरिएका नेताहरूले वामपन्थी आन्दोलनमा भूमिका खेल्न नसक्ने पनि टिप्पणी गरे ।

माओवादी र समाजवादीको अस्तित्व नभएकाले एमालेको प्रतिस्पर्धी कांग्रेस मात्रै भएको उनको दावी छ । पोखरेलले यस पटकको नतिजामा देशव्यापी रूपमा एमालेले अपेक्षाअनुसार नतिजा नल्याएको बताएका छन् । ‘देशव्यापी रूपमा परिणाम अपेक्षा गरेअनुसार भएन । गएको निर्वाचनका भन्दा प्रतिकुल भए,’ उनले भने,‘हामी ज्यादा आशावादी थियौँ । त्यो अपेक्षा अनुसार परिणाम प्राप्त भएन ।’ यद्यपि जे जति जितिएको छ, त्यसमा राम्रो काम गरे पार्टीलाई फाइदा पुग्ने महासचिव पोखरेलले बताए ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ५ : ०६ बजे

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय