पलकी बहिनीको स्पष्टीकरण : मुद्दा लड्नका लागि कुनै रकम उठाएको छैनौँ  « Khabarhub

पलकी बहिनीको स्पष्टीकरण : मुद्दा लड्नका लागि कुनै रकम उठाएको छैनौँ 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा पुर्पक्षको लागि तनहुँ जिल्ला कारागारमा थुनामा रहेका अभिनेता पल शाहकी बहिनी रोशनी शाहले सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिएकी छिन् । केही दिन यता मुद्दा लड्नका लागि उनको परिवारले मोटो रकम उठाएको खबरहरू सार्वजनिक भएका थिए । यसैकारण उनले पलको मुद्दा लड्नका लागि मोटो रकम उठाएको भन्ने खबरहरूको खण्डन गरेकी छिन् । 

रोशनीले भने पल शाह पुर्पक्षका लागि कारागारमा रहेको समयमा परिवारको तर्फबाट एक रुपैयाँ पनि नउठाएको उल्लेख गरेकी छिन् ।‘यसै क्रममा केही युट्युब च्यानल र केही सामाजिक संजालमा पल शाहको मुद्दा लड्नका लागि मोटो रकम उठाएको भन्ने खबरहरू आएकाले उक्त खबरले हाम्रो ध्यानाकर्षण भएको छ । पल शाह न्यायिक हिरासतमा बसेदेखि अहिलेसम्म परिवारका कुनै पनि सदस्यले कसैबाट आर्थिक सहायता लिएका छैनौ र आर्थिक सहयोगका लागि कतै पनि आग्रह गरेका छैनौ ’ रोशनीले लेखेकी छिन् ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ५ : २६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका