रमेश र दीपिकाको ‘ऐश्वर्या’ फोपीमा हेर्न सकिने « Khabarhub

रमेश र दीपिकाको ‘ऐश्वर्या’ फोपीमा हेर्न सकिने


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रमेश उप्रेती र दीपिका प्रसाईंको शीर्ष भूमिका रहेको फिल्म ‘ऐश्वर्या’ मोबाइल एप फोपीमार्फत सार्वजनिक गरिएको छ । यो फिल्म गत वर्षको कार्तिक ९ गते हलमा रिलिज गरिएको थियो ।

प्रेमकथामा आधारित यो फिल्ममा प्रशान्त ताम्राकार खलनायकको भूमिकामा थिए । यस्तै फिल्ममा केकी अधिकारीको पनि भूमिका छ । एक सङ्घर्षरत मोडलले स्टार बन्न देख्ने सपना र आउने परिस्थितिलाई कथानक बनाइएको यो फिल्मले व्यावसायिक रुपमा औसत प्रतिक्रिया पाएको थियो । यही फिल्मबाट डेब्यु गरेकी दीपिका अहिले व्यस्त नायिकामा पर्छिन् भने खलनायकका रुपमा देखिएका प्रशान्तका हातमा पनि थुप्रै फिल्म छन् ।

फोपीमा हेर्नका लागि मोबाइलमा यो एप डाउनलोड गर्नुपर्नेछ । फिल्म हेर्नका लागि नेपालमा ३० देखि ५० रुपैयाँ तिर्नुपर्नेछ । रकम तिर्नका लागि इ-सेवा, नेपाल टेलिकम या एनसेल सेवा प्रयोग गर्न सकिनेछ ।

नेपालबाहेक विदेशमा रहनेले पनि यो फिल्म सीमित रकम तिरेर हेर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १२ : २९ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप