युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बेलायती रक्षामन्त्रीको भनाइ « Khabarhub

युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बेलायती रक्षामन्त्रीको भनाइ


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायती रक्षामन्त्रीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताएका छन् । युक्रेनको भ्रमणमा रहेका बेलायती रक्षामन्त्री बेन वालेसले युक्रेनी समकक्षी ओलेक्सेइ रेज्निकोभसँगको भेटघाटपछि यसको जानकारी दिएका हुन् ।

उनीरुबीच भएको भेटवार्ताका क्रममा हालैका दिनहरुमा युक्रेनको अवस्थाको बारेमा युक्रेनी रक्षामन्त्रीले जानकारी दिए ।

अहिले पनि युक्रेनलाई बेलायतले सैन्य सहयोग दिइरहेको र यसलाई आगामी दिनमा थप गरिने बेलायती रक्षामन्त्री वालेसले जानकारी दिएका छन् ।

अहिले पनि युक्रेनमा रुसको हमला जारी नै रहेको भन्दै युक्रेनका रक्षामन्त्री रेजनिकोभले रुससँग संघर्ष गर्नका लागि थप शक्तिशाली हतियार आवश्यक रहेको सो भेटमा बताएका थिए ।

युक्रेनी रक्षमन्त्रीको यो आग्रहपछि बेलायती रक्षामन्त्री वालेसको यो प्रतिक्रिया आएको हो । गत महिना मात्र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका थिए ।

त्यस भ्रमणका क्रममा बेलायतप् प्रधानमन्त्री जोनसनले बेलायतले युक्रेनका लागि १ दशमलब ६ अर्ब बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ४ : ०० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना