अफगानिस्तानमा एक वरिष्ठ कमाण्डरसहित आठ लडाकु मारिए « Khabarhub

अफगानिस्तानमा एक वरिष्ठ कमाण्डरसहित आठ लडाकु मारिए


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा एक जना वरिष्ठ लडाकु सहित आठ जना मारिएका छन् । अफगानिस्तानको शासन चलाइरहेको तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले तखार प्रान्तमा विद्रोहीका एक जना प्रमुख कमाण्डर सहित आठ विद्रोहीको मृत्यु भएको पुष्टि गरेका हुन् ।

‘तखारको प्रान्तीय राजधानी तालुकान शहरको पुलिस जिल्ला ४ स्थित गुप्तचर महानिर्देशनालयको विशेष अपरेसनको क्रममा प्रमुख कमाण्डर युनुस उजबेकिस्तानी सहित आठ विद्रोही मारिएको र उनीहरू लुकेको ठाउँ नष्ट गरिएको छ ।’ मुजाहिदले ट्वीट गरेका छन् ।

यसैबीच, प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल मुबिन साफीले घटनाको पुष्टि गर्दै तालुकान शहरमा भएको कारबाहीमा आठ सशस्त्र विपक्षी मारिएको र तीन जना घाइते भएको बताएका छन् ।

यद्यपि अधिकारीले सुरक्षाकर्मीको हताहती भए नभएकोबारे भने केही बताएनन् । स्थानीयवासीका अनुसार यस कारबाहीमा सुरक्षाकर्मीलाई पनि क्षति पुगेको थियो तर सरकारी सेनाको सम्भावित क्षतिबारे अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ४ : ०५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार