‘प्रकाश’ का निर्देशक भन्छन् : ‘टिजरको आकर्षणले ओभरसिज राइट्स बिक्यो’ « Khabarhub

‘प्रकाश’ का निर्देशक भन्छन् : ‘टिजरको आकर्षणले ओभरसिज राइट्स बिक्यो’


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी भदौमा प्रदर्शनको तयारीमा रहेको ‘प्रकाश’ फिल्मको माग विदेशमा बढी रहेको देखिएको छ । दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ को विदेशमा प्रसारण अधिकार महङ्गो मूल्यमा बिक्री भएको हो ।

एक युवाले शिक्षक बन्न गर्नुपर्ने संघर्षको कथा प्रस्तुत गरिएको उक्त फिल्म नेपालमा आउँदो भदौ १० गते प्रदर्शन तय गरिएको छ । यद्यपि यो फिल्म अष्ट्रेलिया, क्यानडा, अमेरिका र युरोपमा महङ्गो मूल्यमा प्रसारण अधिकार बिक्री भएको हो । हालै सार्वजनिक फिल्मको टिजरले पाएको प्रतिक्रिया र यसबाट देखाएको सम्भावनाले फिल्मप्रति ओभरसिजमा आकर्षण बढी देखिएको हो ।

‘हामीले उठाएको विषय र यसको सार्वजनिक प्रचार सामग्रीले नै विदेशमा आकर्षण देखियो । हामीलाई कन्ट्याक गरिरहनु भएका पनि हुनहुन्छ । यद्यपि हामीले केहि देशमा मात्र प्रदर्शन अधिकार दिएका छौँ । अन्य देशहरुको लागि पनि कुराकानी भइरहेको छ’ निर्देशक राउतले भने । उनले फिल्म ती देशहरुमा पनि नेपालसँगै भदौ १० मा रिलिज हुने जानकारी पनि दिए ।

विकास सुवेदीको लेखन रहेको फिल्मले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । फिल्ममा प्रदीप खड्काले शिक्षक बन्ने युवाको भूमिका निर्वाह गरेका छन् ।

प्रायः रोमान्टिक फिल्ममा देखिँदै आइरहेका प्रदीप यसपटक चरित्र प्रधान फिल्ममा छन् । उनको जीवनमै यसकिसिमको भूमिका पहिलो हो । फिल्ममा दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ६ : ५७ बजे

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको

बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाइने

बागमती – सरकारले बजेटमा बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक

आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोडिने

काठमाडौं – सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग

राजस्व बढाउन हरित कर, कुनमा कति ?

काठमाडाैं । सरकारले आगामी आर्थिक विधेयक, २०८३ मार्फत हरित करसम्बन्धी

गुजरातविरुद्ध राजस्थानको मध्यम सुरुआत, वैभव सूर्यवंशी क्रिजमा

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज गुजारात