जलविद्युत आयोजनाको स्काभेटरमा आगजनी « Khabarhub

जलविद्युत आयोजनाको स्काभेटरमा आगजनी


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविधुत आयोजनाको निर्माणमा प्रयोग भएका स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ पिङ्गलाको भदौरे भन्ने ठाउँमा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेको गरेको हो ।

अज्ञात समूहले निर्माण क्षेत्रमा रोकर राखिएको स्काभेटरमा शनिबार राति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरीका अनुसार स्काभेटर आगजनी गरिएको क्षेत्रमा प्रेसर कुकर बम समेत फेला परेको छ ।

आगजनी भएका स्काभेटरबारे बुझ्न गएको प्रहरीको टोलीले घटनास्थलमा प्रेसर कुकर बम राखिएको देखेपछि डिस्पोजका लागि सेनालाई खबर गरिएको छ ।
उक्त बम डिस्पोज गर्न सुनसरीको इटहरीबाट नेपाली सेनाको बम डिस्पोजल टोली आउँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १२ : ५६ बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी